मोटरहेडको ‘बिग बिगर बिगेस्ट’ अफर «

मोटरहेडको ‘बिग बिगर बिगेस्ट’ अफर

मोटरहेड ब्रान्डको नेपालका लागि अधिकृत बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेडले नयाँ वर्षको अफरलाई ग्राहकमुखी बनाएको छ ।
कम्पनीले नयाँ वर्षको अफरलाई ‘बिग बिगर बिगेस्ट’ अफर नामकरण गरी असार १३ बाट थप अफरका साथ परिमार्जित गरेको जनाएको छ ।
यसअनुसार कम्पनीका बाइक किन्ने ग्राहकलाई स्क्राच कुपन, बम्परमा सहभागीको साथै दुई वर्षको वार्षिक कर फ्रि हुनेछ । यसमा स्क्राच गरी १ लाखसम्मको छुट पाउन सकिनुका साथै बम्परमा २ लाख ७ हजार ९ सय रुपैयाँ नगद जित्न सकिने कम्पनीले जनाएको छ ।

पुराना बाइक सट्टापट्टा गरी खरिद गर्ने ग्राहकलाई भने स्क्राच कार्ड उपलब्ध नहुने गरी सोझै बजार मूल्यांकनमा थप २० हजार रुपैयाँ मूल्यांकन गरी २ वर्षको वार्षिक करको छुटको व्यवस्था गरेको छ । कम्पनीले यो अफर सीमित अवधिको लागि भएको जनाएको छ ।
कम्पनीका बाइकहरु हाल पुरानै मूल्यमा उपलब्ध रहे पनि छिटै मूल्य बढ्ने जनाएको छ । मोटरहेड ब्रान्डका अपग्रेड मोडलहरु स्क्राम्बलर, टेकन आर २२३, एक्स–टर्क २२३, स्पोर्ट्स–२५० अफरोड÷रोड, एमएच–२०० एक्स र एमएच–१५०आर चर्चित छन् ।
कम्पनीको पोखरा, बुटवल, बाग्लुङ, दुलेगौडा, धादिङ, हेटौंडा, इटहरी, बिर्तामोड, कावासोती, स्याङ्जा, मन्थली, टेकु, सल्लाघारी, बालाजु र धोबीघाट ललितपुरमा वितरक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्