इसेवाबाट मनकामना केबलकार टिकट काट्दा उपहार «

इसेवाबाट मनकामना केबलकार टिकट काट्दा उपहार

भुक्तानी सेवा प्रदायक इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हारलगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ ।
योजनाअन्तर्गत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार, एक जनाले आइफोन १३, एक जनाले स्मार्ट टिभी र एक जनाले वासिङ मेसिन जित्न सकिनेछ ।

३१ साउनसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले आफूले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार विजेताहरु गोलाप्रथामार्फत चयन गरिनेछ । यस योजनामा इसेवामार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन् । यस योजनामा सहभागी हुन इसेवामा भेरिफाइ भएको हुनुपर्नेछ ।
अनलाइनमार्फत कारोबारमा प्रोत्साहन गर्नका लागि इसेवाले विभिन्न समयमा यस किसिमका कार्यक्रम सार्वजनिक गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्