Logo

मंसिर २१ मा आमचुनाव गर्ने तयारी छ : मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन् ।
मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी मंसिर २१ गते निर्वाचन हुनेगरी संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने बताएका हुन् । उनले सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भएपनि दुई/तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी रहेको बताए । मन्त्री चौधरीले मन्त्री पदमा रहेसम्म इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धतासमेत जनाए । उनले मुलुकलाई सही बाटोमा लैजाने राम्रो भिजन भएको नेतृत्वको कमी रहेको बताए ।

उनले भने, ‘निर्वाचन मैले ठ्याक्कै भन्न सक्दिन तर मंसिरको २१ गते हुनेगरी सरकारले अबको दुई/तीन महिनापछि सरकारले आगामी संघ र प्रदेशको निर्वाचन घोषणा हुन्छ होला । मन्त्री रहँदासम्म इमान्दार रुपमा काम गर्छु । अब पनि इमान्दार भइएन, मन्त्री नै इमान्दार भएन भने के हुन्छ ? त्यसैले सबै जना इमान्दार भएर काम गर्नुपर्छ । यो देश जोगाउनको लागि सबैले आफ्नो योगदान गरौं । हामी यो मुलुकलाई बनाउने हो भने प्रधानमन्त्री, मन्त्री इमान्दार भएर मात्रै पुग्दैन, सबै नागरिक र कर्मचारी पनि इमान्दार हुनुपर्छ ।’
मन्त्री चौधरीले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु मात्रै इमान्दार भएरमात्रै मुलुक नबन्ने भन्दै सबै नेपाली नागरिक समेत इमान्दार हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्