म्याग्दीमा विद्यालयस्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता हुने «

म्याग्दीमा विद्यालयस्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता हुने

म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको हो ।
असार ८ गते प्रदेश खेलकुद परिषद् गण्डकीको पत्रानुसार असार २३ र २४ गते प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने प्रतियोगितामा सहभागि गराउने खेलाडी छनोट गर्ने उद्देश्यले विद्यालय स्तरीय प्रतियोगिता गर्ने निर्णय भएको जिल्ला खेलकुद विकास समितका अध्यक्ष दिनेश केसीले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराए । जिल्लास्तरमा हुने राष्ट्रपति कपमा विद्यालयस्तरबाट विभिन्न विद्याका सक्षम खेलाडीलाई छनोट गरेर सहभागि गराउन जिल्ला खेलकुद विकास समितिले विद्यालयलाई आग्रह गरेको छ । राष्ट्रपति कपको ६ वटा विधामा यही २३ र २४ गते हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा प्रशिक्षकसहित १११ जना खेलाडी सहभागि हुने कार्यालय प्रमुख दानबहादुर राईले बताए ।

६ विद्याका खेलकुद प्रतियोगिता सञ्चालनलाई चुस्त बनाउनका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत छात्रछात्रा भलिवल, एथलेटिक्स, क्वड्री, मार्सल आर्ट, तेक्वाण्डो, कराते, उसु लगायतका विधामा प्रतिस्पर्धा हुने छ ।
राष्ट्रपति तकप प्रतियोगितामा विजेता विद्यालयलाइई ट्रफी, प्रमाणपत्र, मेडलसहित पुरस्कार प्रदान गरिने छ । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा अनुमानित खर्च ५ लाख रुपैयाँ कार्यालयले जनाएको छ । अनुकुल मौसमका कारण पालिकास्तरमा राष्ट्रपति कप प्रतियोगिता हुन नसके पनि विद्यालयस्तरमा रहेका विभिन्न विद्यामा उतकृष्ट खेलाडीलाई सहभागि गराउन पालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतले सक्रिय भूमिका देखाउन अध्यक्ष केसीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्