बामदेवले घोषणा गरे नयाँ पार्टी «

बामदेवले घोषणा गरे नयाँ पार्टी

राष्ट्रिय सभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा कम्युनिष्ट आन्दोलन नै धराशायी बन्दै गइरहेको बताएका छन् ।
मंगलवार काठमाडौंमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले जग हालेको र आन्दोलन शुरु गरेको कम्युनिष्ट पार्टी नै आज धराशायी बनेकोले क्म्युनिष्ट एकताका लागि नै आफूले पार्टी घोषणा गरेको बताए । उनले आफूले घोषणा गरेको पार्टी उद्घाटनताका नेपाल नै चकित हुने दाबी गरे । उनले आफू हालसम्म गएका पार्टीहरु सुदृढ र राम्रो बनेको दाबी गर्दै उद्घाटनका बेला हजारौँ मानिस आफ्नो साथमा हुने विश्वास व्यक्त गरे ।
गौतमले पार्टीमा नातेदारहरुलाई राखेको भन्नेमा कुनै सत्यता नरहेको पनि स्पष्ट पारे । उनले कुनैपनि मानिस केमा लाग्ने भन्ने कुरा स्वतन्त्र रहेकोले पार्टीमा परिवारका सदस्य रहे पनि पार्टी नै कम्युनिष्ट आन्दोलन र एकतालाई सफल पार्नका लागि बनेको बताए । उनले आफू कुनै पदमा रहनका लागि पार्टी नखोलेको बताए । गौतमले आफूले जग हालेको पार्टीबाट नै ठूला नेताहरु पैदा भएको दाबी गर्दै अहिले पनि कुनै कम्पनी खोलेर आफ्नो लाभ पूरा गर्न नलागेको दाबी गरे ।

सदस्य गौतमले गत स्थानीय तहको निर्वाचनमा कम्युनिष्ट कमजोर बनेको स्पष्ट देखिएको भन्दै अब पनि कम्युनिष्ठट एकतावद्ध नहुने हो भने आगामी निर्वाचनमा नेपाली काँग्रेसले बहुमत प्राप्त गर्ने दाबी गरे । उनले आगामी ५ वर्ष नेपाली कांग्रेसले गठबन्धन गरेर अघि बढे पनि त्यसपछिका दिनमा कांग्रेसलाई कुनै गठबन्धनको आवश्यक्ता नपर्ने अवस्था बन्दै गएको बताए ।
सदस्य गौतमले नेपाली कांग्रेस सत्तामा रहँदा विकासको नाममा जे पनि गर्ने गरेको आरोप लगाए । उनले एकीकृत भएको कम्युनिष्ट आन्दोलन र पार्टी अघि बढेमात्रै देश विकास सम्भव रहेको जिकिर गरे । उनले अहिले पनि दल दर्ता भइसकेका र नभएका गरी करिव ५÷१० वटा संगठनहरु आफ्नो साथमा रहेको भन्दै अब नेपालको कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउँदै अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्