भीम अस्पतालका स्वास्थ्यकर्मीले आन्दोलन गर्ने चेतावनी «

भीम अस्पतालका स्वास्थ्यकर्मीले आन्दोलन गर्ने चेतावनी

सरकारले कोरोनाको समयमा स्वास्थ्यकर्मीलाई प्रदान गर्ने भनेको कोरोना जोखिम भत्ता अहिलेसम्म उपलब्ध नपाएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनीहरूले कोभिड महामारीको समयमा काम गरेबापत सरकारले दिने घोषणा गरेको जोखिम भत्ता अहिलेसम्म पनि उपलब्ध नगराएकाले असार १५ गतेसम्म यस विषयमा सम्बोधन नभए आन्दोलनमा जान बाध्य हुने संघर्ष समितिका संयोजक तथा स्वास्थ्यकर्मी गोपाल उपाध्यायले बताए ।
सरकारले गत वर्षको साउनदेखि पुससम्म गरी ६ महिनाको दिने भनेको भत्ता हालसम्म पनि नदिनु दुखद् हो, हामी तत्काल प्रदान गर्न आग्रह सरकारसँग माग गर्छांै, उपाध्यायले भने ।
महामारीका समयमा दिनरात खटिएर काम ग¥यौं, त्यो हाम्रो दायित्व हो, हामीलाई प्रोत्साहन गर्न सरकारले भत्ताको घोषणा गरयो, तर अहिलेसम्म पाइएन, झुठो आश्वासन पाइयो, अस्पतालका चिकित्सक एवं संघर्ष समितिका उपसंयोजक डा. आरुफ हुसेनले भने ।

भीम अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्ताबापतको रकम पाएका छैनन् । उनीहरूले साउनदेखि पुससम्मको १ करोड ४९ लाख ८० हजार रकम लिनुपर्नेछ । प्रदेश सरकार र संघीय सरकारले ५०–५० प्रतिशत जोखिम भत्ता ६ महिनाका लागि दिने घोषणा गरेका थिए ।
भीम अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सकुन्तला गुप्ताले स्वास्थयकर्मीहरूलाई दिइने भनेको कोरोना भत्ता अहिलेसम्म प्राप्त नभएको बताउँदै पहल भइरहेको जनाइन् । हामीले प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय मात्र होइन अहिले यही विषयका लागि स्वास्थ्य मन्त्रालयमा एक जना कर्मचारीनै पठाएका छांैं, हामीले प्रयास गर्दा गर्दै अस्पतालले केही गरेन भन्दै आन्दोलनमा जान्छांै, सेवा बन्द गर्छौं भन्दै धम्कीपूर्ण भाषा प्रयोग गर्नु ठीक नभएको बताइन् ।
अस्पतालका प्रमुख प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले कोरोना महामारीको भत्ता मात्र नभई, कोरोना केस बेस सोधभर्ना बापतको २ करोड ३४ लाख रुपैया, २०७८ वैशाखदेखि २०७८ असार सम्मको कोरोना भत्ता १ करोड ५९ लाख रुपैयाँ, आमा सुरक्षा कार्यक्रम, बिमालगायतका कार्यक्रमको समेत पैसा नआएको बताए ।

प्रतिक्रिया दिनुहोस्