भारतमा धेरै बिक्री हुने १० स्कुटर «

भारतमा धेरै बिक्री हुने १० स्कुटर

भारतमा धेरै बिक्री हुने १० स्कुटरभारतमा धेरै बिक्री हुने १० स्कुटरनयाँ दिल्ली ।होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले पछिल्लो पटक १ सय २५ सीसीको ग्राजिया स्कुटर सार्वजनिक गर्यो । उक्त स्कुटरले व्यापकर रुपमा बजार विस्तार गर्न सफल भयो । २०१७ को डिसेम्बरमा उक्त स्कुटरले २०१६ को डिसेम्बरमा छैटौं स्थानमा रहेको यामाहाको १ सय १३ सीसीको रेलाई टप १० स्कुटरको सूचीबाट हटाइदियो । होन्डा ग्राजियाले १ सय १० सीसी हिरोको डूएटलाई पनि धक्का दिएको छ । २०१७ को नोभेम्बरमा छैटौं स्थानमा रहेको डूएटलाई डिसेम्बरमा आइपुग्दा आठौं स्थानमा पुगेको छ । 

यतिमात्र होइन डिसेम्बरमा होन्डाको ग्राजिया एक्टिभा र डियो पछि तेस्रो धेरै बिक्री हुने स्कुटरको सूचीमा परेको छ । यो जम्मा दुई महिनाको अवधिमा भएको हो । होन्डाले ग्राजिया २०१७ को नोभेम्बर सुरुमा बजारमा ल्याएको थियो । बजारमा आएको उक्त अवधिमा ग्राजिया १० धेरै बिक्री हुने स्कुटरको सूचीमा ७औं स्थानमा पुगेको सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चररको तथ्यांकले देखाएको छ । सार्वजनिक भएको नोभेम्बरमा ग्राजिया १७ हजार ४७ वटा विकेकोमा डिसेम्बरमा १९ हजार ३७ वटा बिक्र भएको थियो ।

 ०१७ को डिसेम्बरमा पहिलो स्थानमा होन्डाको एक्टिभ १ लाख ८९ हजार १ सय ११ वटा बिक्री भइ पहिलो स्थानमा रहेको छ । त्यस्त दास्रो स्थानमा रहेको टीभीएसको जुपिटर ५९ हजार ४ सय ८३, तेस्रो स्थानमा रहेको सुजुकी एसेस २६ हजार ९ सय ५९ वटा बिक्री भएको छ । 

 

प्रतिक्रिया दिनुहोस्