रक्सौलबाट ‘डस्टी कार्गो’ ढुवानीमा फेरि समस्या «

रक्सौलबाट ‘डस्टी कार्गो’ ढुवानीमा फेरि समस्या

नेपालका निर्माण सामग्री उद्योगहरुमा प्रयोग गरिने औद्योगिक कच्चा पदार्थको ढुवानीमा पुनः समस्या उत्पन्न हुँदा औद्योगिक करिडोरका उद्योगीहरुलाई चिन्तित बनाएको छ । अहिलेसम्म रेल्वे साइडिङबाट रक्सौल ल्यान्ड कस्टम र वीरगन्ज भन्सार कार्यालयमार्पmत जाँचपास भई सोही रुट भएर ढुवानी हुँदै आयात भई आएको धुलोजन्य औद्योगिक कच्चा पदार्थको ढुवानी रुट परिवर्तनका लागि भारतीय पक्षको दबाबपछि नेपाली आयातकर्ताहरुलाई तनाव भएको हो ।
वर्षांैदेखि रक्सौल साइडिङबाट रक्सौलको ल्यान्ड कस्टम र वीरगन्ज भन्सारबाट जाँचपास भई नेपालका विभिन्न स्थानमा पुग्ने गरेको धुलोजन्य औद्योगिक कच्चा पदार्थको जाँचपास र ढुवानी २०२२ जुलाइ १ तारिख अर्थात् असार १७ गतेदेखि एकीकृत भन्सार जाँचचौकी मार्फतमात्रै गर्नुपर्ने भारतीय भन्सारले पत्राचार गरेको छ । भारतीय कस्टमका डेपुटी कमिसनर पिंकी कुमारीले हस्ताक्षर गरेको पत्रमा धुलोजन्य पदार्थको ढुवानी र भन्सार जाँचपास रक्सौल लक्ष्मीपुरबाट गरेर नेपालतर्फको सिर्सिया एकीकृत जाँचचौकी मार्पmत मात्र गर्न निर्देशन दिइएको छ ।
तर, रक्सौलको रेल्वे साइडिङदेखि लक्ष्मीपुर एकीकृत जाँच चौकीसम्मको सडकको अवस्था दयनीय रहेकोले उक्त सडक भएर ढुवानी गर्न सहज नरहेको नेपाली आयातकर्ताहरुको भनाइ छ । वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवालका अनुसार रक्सौल रेल्वे साइडिङदेखि लक्ष्मीपुर एकीकृत जाँचचौकीसम्म दैनिक ३०० देखि ४०० ट्रक तथा टिपरबाट धूलोजन्य पदार्थ ढुवानी हुने गरेको छ । तर उक्त सडक अत्यन्तै साँघुरो र गाउँ भएर जानुपर्ने रहेकोले थप समस्या हुने उपाध्यक्ष अग्रवालको भनाइ छ ।
हालको अवस्थामा महिनामा ४० देखि ४५ ¥याक धूलोजन्य पदार्थ आयात हुने गरेको छ । नेपाली आयातकर्ताले भारतीय रेल्वेलाई हरेक महिना २५ देखि ३० करोडसम्म रेलवे भाडा बापत बुझाउने गरेका छन् । यो रकम वर्षको ३०० करोडभन्दा माथि पुग्ने गरेको छ । नेपालको औद्योगिक विकासले गर्दा व्यापार थप बढेर निकट भविष्यमै ६० देखि ७० ¥याकसम्म आयात हुने सम्भावना रहेको छ । तर, भारतीय पक्षको पत्राचारले नेपाल भारतबीचको व्यापारिक सम्बन्ध बिग्रिन सक्ने देखिएको उद्योगी–व्यवसायीहरुले बताएका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालका अनुसार रक्सौल–वीरगन्ज भएर एक ¥याक ढुवानी गर्न दुई दिन लाग्ने गरेको छ । तर, भारतीय पक्षको पत्रअनुसार लक्ष्मीपुर एकीकृत जाँचचौकीमार्पmत ढुवानी गर्ने हो भने अब ढुवानीमा ६ दिनसम्म लाग्न सक्ने देखिन्छ । भारतीय कस्टमका डेपुटी कमिसनरले लेखेको पत्रमा रक्सौल साइडिङबाट रक्सौलको मुख्य बजार हुँदै एकीकृत भन्सार जाँच चौकीसम्म राति ९ बजेदेखि १२ बजेसम्म मात्रै ढुवानी गर्नुपर्ने उल्लेख गरेको छ ।
मालवस्तु ढुवानीमा तोकिएको भन्दा धेरै समय लागेमा रेल्वेले समेत आफ्नो स्टेसन यार्ड शुल्क र विलम्ब शुल्कमा ४ देखि ५ गुणासम्म वृद्धि गर्ने निश्चित भएको राजपाल बताउँछन् । यसले रेल्वे मार्पmत आयात गर्दा नेपालका उद्योगी व्यवसायीहरुले मात्रै नभई भारतीय रल्वेले समेत घाटा व्यहोर्नुपर्ने राजपालले बताए ।
लक्ष्मीपुर एकीकृत जाँच चौकीमार्पmत ढुवानी गर्नु ठिक भए पनि रुटबाट ढुवानी अनिवार्य गर्नुभन्दा पहिला उक्त रुटको भौतिक संरचनामा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । सुधार गर्नुपर्ने पक्षहरुको वीरगन्ज उद्योग वाणिज्य संघले लिखित रुपमै सुझाव पनि दिएका छन् ।
रक्सौल रेल्वे साइडिङदेखि लक्ष्मीपुर एकीकृत जाँच चौकी जाने सडक जोड्ने सम्पर्क रोडलाई ३०० देखि ४०० सम्म सवारीसाधनको भार थेग्न सक्न गरी ४ लेनमा विस्तार गर्नुपर्ने सुझाव दिएको छ । जाँच चौकी जोड्ने राजमार्ग २ लेनको मात्रै रहेकोले ५ किलोमिटरसम्म सवारीको लाइन लाग्ने गरेको छ । त्यस सडकलाई ६ लेनमा विस्तार गर्नुपर्ने, भारत र नेपाल दुवैतर्पmको एकीकृत जाँच चौकीमा धुलोजन्य पदार्थ (डस्टी कार्गो) ढुवानी गर्ने ट्रक तथा टिपरहरुको लागि एक छुट्टै लेनको व्यवस्था गरिनुपर्ने पनि माग गरेका छन् ।
केही वर्षअघि पनि रेल्वे साइडिङममा डस्टी कार्गो अनलोडमा रोक लगाइएको थियो । स्थानीय विरोध र भारतको अदालतमा मुद्दा परेपछि डस्टी कार्गो आयातमा समस्या उत्पन्न भएको थियो । नेपाल सरकारलाई नेपालतर्फ नैै डस्टी कार्गो अनलोड गर्ने जग्गा उपलब्ध गराउन उद्योगीहरुले माग गर्दै आएका छन् । तर, राज्यको उदासिनताले पनि उद्योगीहरु वर्षौदेखि यसको तनाव झेल्दै आउनु परेको गुनासो गरेका छन् ।
रक्सौल रेलवे यार्डबाट नेपालका उद्योगहरुमा प्रयोग गरिने कच्चा पदार्थ, जिप्सन, आइरन ओर, फ्लाएस, ब्लेट लगायतका वस्तुहरु आयात हुने गरेको छ । केही वर्षअघिसम्म क्लिंकर पनि यहीबाट आयात हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्