नेप्से परिसूचकमा ११.८२ अंकले गिरावट «

नेप्से परिसूचकमा ११.८२ अंकले गिरावट

सेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढेको नेप्से दोस्रो कारोबारबाट गिरावट भएसँगै तस्रो कारोबारको दिनपनि निरन्तरता पाएको छ ।
मंगलबार नेप्से परिसूचक ११.८२ अंकले गिरावट आएर १९२१.३१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले घटेको छ ।
मंगलबार कारोबारमा आएका २३० कम्पनीको ३० लाख ३७ हजार ६३० कित्ता सेयर १ अर्ब ५ करोड ८२ लाख २४ हजार ४७२ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । सोमबारको तुलनामा मंगलबार नेप्सेसँगै कारोबार रकमसमेत गिरावट आएको छ । सोमबार २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको सूचक वृद्धि भएको छ भने बाँकी ११ उपसमूहको सूचक गिरावट भएको छ । जसमा जीवन बिमा १.०३ प्रतिशत र वाणिज्य बैंकको सूचकमा ०.०२ प्रतिशतले वृद्धि भएको छ । बाँकी ११ वटा उपसमूहको सूचक १ प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।
नेप्से परिसूचकमा गिरावट आएपनि सीवाईसी लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बाँकी बसै कम्पनीहरुका सेयरधनीले सेयर मूल्य गुमाएका छन् । कारोबारको आधारमा सर्वाधिक कारोबारमा एशियन लाइफ इन्स्योरेन्सले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्