होटल संघको अध्यक्षमा अन्नपूर्णकी राणा

होटल संघ नेपालको (हान) अध्यक्षमा सिर्जना राणा निर्वाचित भएकी छन्।
बिहीबार सम्पन्न संघको साधारणसभाले अन्नपूर्ण होटलकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) राणालाई अध्यक्षमा चयन गरेको हो।
संघको प्रथम उपाध्यक्षमा एयरपोर्ट होटलका विनायक शाह, द्वितीय उपाध्यक्षमा होटल सांग्रिलाका प्रवीणबहादुर पाण्डे, महासचिवमा काठमाडौँ प्रिन्स होटलका सुजन शाक्य र कोषाध्यक्षमा होटल वैशालीका विशालकुमार निर्वाचित भएका छन् । सदस्यहरुमा अमरमान शाक्य, दिनेशबहादुर विष्ट, विधाता श्रेष्ठ, दिनेश तुलाधर, विनोदबहादुर श्रेष्ठ, विप्लव पौडेल, विनोदशङ्कर श्रेष्ठ, गोपाल राना, रामकुमारी पुरी, युवराज श्रेष्ठ, ठाकुरप्रसाद पोखरेल निर्वाचित भएका छन्। यसैगरी, राजेन्द्र भट्ट, ज्ञानेन्द्रकुमार विष्ट, राजन श्रेष्ठ, राहुल शाक्य, हेमबहादुर गुरुङ, सिपी श्रेष्ठ, अशित शम्शेर जङ्गबहादुर राणा, राहुल चौधरी र भरतराज पराजुलीसमेत सदस्यमा निर्वाचित भएका हुन् ।