मुद्रास्फीतिको दबाब बढ्न सक्नेतर्फ राष्ट्र बैंकको संकेत «

मुद्रास्फीतिको दबाब बढ्न सक्नेतर्फ राष्ट्र बैंकको संकेत

नेपाल राष्ट्र बैंकले आगामी बजेटमा आर्थिक स्थायित्वलाई ध्यान दिन सरकारलाई सुझाव दिएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले बिहिबार गरेको प्रि बजेट छलफलमा राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले संघीयतामा गएको अवस्थामा छुट्टाछुट्टै सरकार सञ्चालन गर्दा त्यसको दबाब पर्ने बताएका छनु । नेपालले मुद्रास्र्फीतिको दबाब बढ्न सक्नेतर्फ संकेत गर्दै संघीयताका कारण उत्पन्न परिस्थितीहरुको आँकलन गरेर मात्र बजेट तयार पार्नुपर्ने बताएका हुन । आन्तरिक उत्पादन बृद्धिमा ध्यान दिनुपर्ने भन्दै उनले ब्यापार घाटा न्यूनीकरण गर्नु पर्ने कुरामा जोड पनि दिएका छन् । आयात ९ सय ४९ अर्ब र निर्यात ६१ अर्ब रहेकोले यसलाई न्युनिकरण गर्नु पर्ने पनि बताए ।
देशमा आर्थिक गतिविधि उत्साहजनक भएको भन्दै गभर्नर नेपालले संघ र प्रदेश सरकारले पुँजीगत खर्च बढाउनुपर्ने सुझाव दिए ।
यस्तै, छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले प्रदेश, स्थानीय तहमा छुट्टा छुट्टै सरकार भएकोले अब आउने बजेटले रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने बताएका छन ।
नेपाल चेम्बर अफ कमर्सका महासचिव कमलेश अग्रवालले पूर्वाधार निर्माण समयसीमा भित्र हुनुपर्ने भन्दै निजी क्षेत्र र सरकार दुबै आर्थिक समृद्धिका लागि प्रतिवद्ध रहेको बताए । उनले सम्पत्ति शुद्धीकरण भन्दा अगाडि एकपटक सबै नेपालीको सम्पत्ति अभिलेख गरिनुपर्ने पनि बताए ।
आठ महिनाको तथ्यांक अनुसार हाल मुद्रा स्फीति ४ दशमलव २ प्रतिशत रहेको छ । सोधनान्तर घाटा ५९ अर्व रुपैया छ भने निर्यात १ सय ३ अर्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्