घोराहीमा ११ महिनामा पुँजीगत खर्च ४०.५१ प्रतिशत «

घोराहीमा ११ महिनामा पुँजीगत खर्च ४०.५१ प्रतिशत

घोराही उप महानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को ११ महिनामा कुल बजेटको ५४.८६ प्रतिशत बजेट खर्च गरेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्ममा यो रकम खर्च भएको घोराही उप महानगरपालिकाले जनाएको छ । संघीय सरकार, प्रदेश सरकार तथा घोराही उपमहानगरपालिकाको आन्तरीक बजेट मध्ये चालुतर्फ ६८.६५ प्रतिशत र पुँजीगत ४०.५१ प्रतिशत खर्च भएको घोराही उप महानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले जानकारी दिइन् । संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम अन्र्तगत चालुतर्फ विनियोजित बजेट ६४ करोड ७९ लाख ८० हजार मध्ये ६७.९७ प्रतिशत खर्च भएको छ ।
पुँजीगततर्फ विनियोजित बजेट १२ करोड २४ लाखमध्ये १७.१८ प्रतिशत खर्च भएको छ । संघीय सरकाराट हस्तान्तरित कार्यमको औसत खर्च ५९.९१ प्रतिशत खर्च भएको उपप्रमुख डिसीले बताइन् । प्रदेश सरकारवाट हस्तान्तरित कार्यक्रम अन्र्तगत चालुतर्फ विनियोजित बजेट ९५ लाख ४४ हजार मध्ये २६.०५ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ विनियोजित बजेट ८ करोड ९४ लाख मध्ये २९.०४ प्रतिशत खर्च भएको छ ।
प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमको औसत खर्च २९.०६ प्रतिशत रहेको छ । आन्तरिक बजेटबाट चालुतर्फ विनियोजित बजेट ५० करोड ९७ लाख ५ हजार ३४ मध्ये ७०.३ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ विनियोजित बजेट ९१ करोड ३६ लाख २८ हजार ९ सय ६६ मध्ये ४४.६८ प्रतिशत खर्च भएको उपप्रमुख डिसीको भनाइ छ । आन्तरिक बजेटतर्फको औसत खर्च ५३.८५ प्रतिशत खर्च भएको छ ।

क्षेत्रगत रुपमा हेर्दा आर्थिक विकास अन्र्तगत कृषि विकासतर्फ ७५.०८ प्रतिशत, पशु सेवातर्फ ४२.६१ प्रतिशत, पर्यटन तथा संस्कृति प्रवद्र्धनतर्फ ८०.५४ प्रतिशत, उपभोक्ता हित संरक्षणतर्फ ४५.१६ प्रतिशत, सहकारी तथा रोजगार प्रवद्र्धनतर्फ ४४.३५ प्रतिशत खर्च रहेको छ । समग्रमा आर्थिक विकासतर्फ चालु आर्थिक वर्षको ११ महिनामा कुल विनियोजित बजेटको ४८.७३ प्रतिशत खर्च भएको उपप्रमुख डिसीले बताइन् ।
सामाजिक विकास अन्र्तगत शिक्षा, युवा तथा खेलकुदतर्फ ५७.७७ प्रतिशत, जनस्वास्थ्य प्रवद्र्धनतर्फ ४१.३८ प्रतिशत, महिला, बालबालिका तथा जेष्ठ नागरिकतर्फ ८२.८६ प्रतिशत बजेट खर्च भएको छ । पूर्वाधार विकास अन्र्तगत सहरी, विकास तथा पूर्वाधारतर्फ चालु आर्थिक वर्षकोे ११ महिनामा कुल विनियोजित बजेटको ४३.०८ प्रतिशत खर्च भएको छ । सरसफाई, वन, वातावरण तथा विपद् व्यवस्थापन अन्तरगत सरसफाई व्यवस्थापनतर्फ ३५.३५ प्रतिशत र वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४८.८९ प्रतिशत खर्च भएको उनले बताइन् । सार्वजनिक सेवा, सुशासन तथा संस्थागत विकास अन्तरगत सामान्य व्यवस्थापनतर्फ ११.८७ प्रतिशत, कानूनी मामिलातर्फ ७५.५३ प्रतिशत, सूचना तथा सञ्चार प्रविधितर्फ ६१.९ प्रतिशत, सामाजिक सुरक्षा तथा पञ्जीकरणतर्फ ६५.११ प्रतिशत खर्च भएको छ ।

राजस्व सङकलनमा वृद्धि
घोराही उपमहानगरपालिकामा अघिल्लो वर्षको आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व संकलनमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा २८ करोड ८ लाख १७ हजार १ सय ९३ रुपैयाँ संकलन भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधीमा २० करोड ४ लाख ९९ हजार ५ सय ५६ रुपैया मात्र संकलन भएको घोराही उप महानगरपालिकाका उपप्रमुख डिसीले जानकारी दिइन् । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधीमा राजस्व संकलन ४० प्रतिशतले वृद्धि भएको उनको भनाइ छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० मा ३२ करोड आन्तरीक स्रोतबाट राजस्व संकलन गर्न लक्ष्य लिएको समेत उपप्रमुख डिसीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्