आगामी आवमा बजेट अंक घट्यो, राजस्व लक्ष्य बढ्यो «

आगामी आवमा बजेट अंक घट्यो, राजस्व लक्ष्य बढ्यो

स्थानीय तहको पहिलो निर्वाचनपश्चात् ५ वर्ष व्यतित गरी हालै सम्पन्न निर्वाचनमा पुनः निर्वाचित भई नयाँ कार्यकाल सुरु गरेकी कल्पना नेपालीले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आरुघाट गाउँपालिकाका लागि ५१ करोड १८ लाख ८० हजार बजेट प्रस्तुत गरेकी छिन् ।
शुक्रबार गाउँपालिका उपाध्यक्ष कल्पना नेपालीले आगामी आर्थिक वर्ष २०७९/८० को अनुमानमा आय र व्यय संक्षिप्त रूपमा मात्र पेस भएको बताइन । चालू आर्थिक वर्ष २०७८/०७९ मा कुल ५८ करोड ९८ लाख ११ हजार बराबरको बजेट प्रस्तुत गरेको र आगामी आर्थिक वर्ष २०७९/८० मा भने चालु खनर्थिक वर्षभन्दा कम बजेट बनाएको नेपालीले बताइन ।

तर, आगामी आर्थिक वर्ष २०७९/०८० मा राजस्व बढी उठाउने लक्ष्य लिई ८५ लाख आन्तरिक राजस्व र संघिय सरकारबाट प्राप्त हुने वित्तीय समीकरण अनुदान १४ करोड ६३ लाख, सशर्त अनुदान २० करोड ८५ लाख, राजस्व बाँडफाँटतर्फ ९ करोड ४६ लाख , समपूरक अनुदातर्फ २ करोड, गण्डकी प्रदेश सरकार प्राप्त हुने वित्तीय समीकरणतर्फ १ करोड ७८ लाख २६ हजार, बाँडफाँडटाट प्राप्त हुने राजस्वतर्फ ६१ लाख ५४ हजार, समपूरक अनुदानतर्फ १ करोड गरी कुल ५१ करोड १८ लाख ८० हजार आय विवरण उनले प्रस्तुत गरेकी छिन्् ।

त्यस्तैगरी आगामी आर्थिक वषको चालू खर्च ७ करोड र अनुदान सम्बन्धित शिर्षकमा खर्च हुने २० करोड ८५ लाख विनियोजन गरेको गाउँपालिकाको उपाध्यक्ष कल्पना नेपालीले बताइन् ।
संघीय समपुरक अनुदान अन्तर्गत संघ सरकारबाट आरुघाट बाँसबोटे, तिरतिरे, सिस्नेरी, गैरिछाप सडक २ करोड प्राप्त भएकोमा गाउँपालिकाको तर्फबाट २ करोड गरी ४ करोड र गण्डकी प्रदेशमार्फत प्राप्त सोती, मान्बु, बेथी, कटुन्जे, धुन्चेत, धोरत, यार्सा, कासी गाउँ र दोभान सडक निर्माण १ करोड समपूरक अनुदान प्राप्त भएकोमा १ करोड थप गरी २ करोड विनियोजन गरेको र वडास्तरीय योजनाहरू बजेट व्यवस्थापनको लागि एकमुष्ट ७ करोड गाउँपालिकाको आर्थिक विकास, सामाजिक विकास, वन, वातावरण तथा विपत संगठन, गाउँपालिका स्तरीय एवं वडा स्तरीय पूर्वाधार योजनाहरूको लागि रहेको गाउँपालिकाको उपाध्यक्ष कल्पना नेपालीले बताइन्् ।
(प्रशिक्षार्थी पत्रकार : एन्जिला सुनार)

प्रतिक्रिया दिनुहोस्