फतुवा विजयपुर नगरपालिकाका मेयरको पद धरापमा «

फतुवा विजयपुर नगरपालिकाका मेयरको पद धरापमा

नदीजन्य वस्तुबाट प्राप्त राजस्व हिनामिना गरेको आरोपमा रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादवको पद धरापमा परेको छ । उनी दोस्रो पटक मेयरमा निर्वाचित भएका हुन् ।

यस नगरपालिका आव २०७५/०७६ लाल बकैया नदीको ठेक्का मिलोमतोमा कानुनविपरीत नदीजन्य बालुवा, गिटी, ढुंगा बिक्री गर्न ठेकेदारलाई जिम्मा दिनुपर्नेमा सो नगरी अमानतमा राजस्व उठाएकोमा सोविरुद्ध अख्तियारमा उजुरी परेको थियो । आव २०७५/०७६ सालमा बालुवा, गिटी, ढुंगाको ठेक्का दिदा दुई नगरपालिका फतुवा विजयपुर र गुजरा नगरपालिका रहेकोमा जिल्ला समन्वय समितिको पदाधिकारीको रोहवरमा फतुवा विजयपुरलाई ६० प्रतिशत र गुजरा नपालाई ४० प्रतिशत रकम दिने गरी सहमति भएको थियो । बढी राजस्व उठाउने र आफै राजस्व कुम्ल्याउने नियतले ठेक्का लिएको पहिलो ठेकेदारलाई समयमा सम्झौता नगराई समय बिताउँदै दोस्रो ठेक्का कबुल गरेकोलाई नदिई फतुवा विजयपुर नपाले आफै अमानतमा रकम उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्