टीभीएसको एओजी राइड पोखराबाट धम्पुससम्म «

टीभीएसको एओजी राइड पोखराबाट धम्पुससम्म

टीभीएसले एओजीको दोस्रो संस्करण पोखरामा आयोजना गरेको छ ।
कम्पनीले ११ असारमा ग्राहकको लागि अपाचे अनर्स ग्रुप (एओजी) नामक अपाचे धनीहरुमाझ रोमाञ्चक राइड सम्पन्न गरेको हो । सो क्रममा पोखराका ३० अपाचे जना ग्राहकलाई पोखराबाट धाम्पुस हुदै सुइखेत रेसोर्टसम्म पुर्याएको कम्पनीले उल्लेख गरेको छ ।

विभिन्न पेसाका सहभागीहरूले भाग लिएको एओजी मा सहभागीको लागि सयभन्दा धेरै आवेदन फारम भरेपछि, चयन प्रक्रियामा ३० जनाको चयन भएका छन् । गण्डकी प्रदेशमा भएको संस्करण लागि दर्ता गरेको बाँकी राइडरहरूलाई टीभीएसले गण्डकीमा भविष्यमा हुने अरू संस्करणहरूमा उपस्थित गराउने जनाएको छ ।
टीभीएसले बागमती प्रदेशपछि गण्डकी प्रदेशमा एओजी राइड गरेको हो। नारायणी, कोसी, लुम्बिनी, महाकाली जस्ता नेपालका विभिन्न ठाउँहरूमा पनि एओजी राइड सञ्चालन गर्ने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्