एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट टिकट बुकिङ गर्दा ‘क्यास ब्याक’ «

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट टिकट बुकिङ गर्दा ‘क्यास ब्याक’

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत विभिन्न एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास ब्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले १२ देखि १८ असारसम्म लागू हुने गरी यो योजना ल्याएको हो ।
डिजिटल बैंकिङको अवधारणा अनुरुप एपमार्फत टिकट बुकिङमा पहिलो टिकट बुकिङमा रु. ५०० अधिकतम एंव दोश्रो पटकबाट रु. १०० सम्म क्यास व्याक प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङको अभ्यासलाई आईसर्भिसमार्फत अघि बढाइरहेको छ ।
एपबाट निक्षेप खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, अनलाइन खाता खोल्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटीएमको जानकारी, मोबाइल टपअप, युटिलीटी बिल भुक्तानी, आइपीओ आवेदनलगायतका सुविधाहरु उपभोग गर्न सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्