जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघमा शर्मा «

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघमा शर्मा

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले मोहन शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति प्राप्त गरेको छ । संघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष शर्मा स्वतः अध्यक्ष निर्वाचित भएपछि बाँकी पदका लागि निर्वाचन भएको हो ।
अध्यक्ष शर्माले पथलैया विरगन्ज औद्योगिक करिडोरको मध्य मागमा रहेको संघले आगामी दिनमा उद्योगी व्यापारीको हितका काम गर्न आफूले पाएको जिम्मेबारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताए । शर्माले देशको अर्थतन्त्रको वर्तमान अवस्थाप्रति गम्भीर बन्दै स्थानीय उत्पादन र प्रवद्र्धनमा आफ्नो क्षेत्रबाट पहल थाल्ने बताए ।

संघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित मनोजकुमार गुप्ताले जितपुर सिमराको साना उद्यमीको हितमा संघ लागिपर्ने प्रतिवद्धता जनाए । निर्वाचनबाट संघको वाणिज्यतर्फको उपाध्यक्षमा गजेन्द्रप्रसाद गुप्ता, उद्योगतर्फको उपाध्यक्षमा विजयकुमार बिजयी भएका छन् ।
कुल एक हजार तीन सय पाँच मतदातामध्ये निर्वाचनमा वाणिज्यतर्फ आठ सय ९२, उद्योगतर्फ ८२ र एसोसिएटतर्फ तीन मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्