केन्ट आरओ वाटर प्युरिफायर हैजाजस्ता रोग नियन्त्रणमा उपयोगी «

केन्ट आरओ वाटर प्युरिफायर हैजाजस्ता रोग नियन्त्रणमा उपयोगी

आजकल सुरक्षित र शुद्ध पिउने पानी सहज रूपमा उपलब्ध छैन र यसको मुख्य कारण वातावरणको ह्रास र औद्योगिक विकास दिनानुदिन बढ्दै गएको छ ।
दूषित पानी पिउनाले मनसुनको मौसममा झाडापखाला, डेसेन्टरी र हैजाजस्ता घातक पानीजन्य रोगहरू लाग्न सक्छ भन्ने कुरामा प्रत्येक व्यक्ति सचेत हुनुपर्छ । यसैलाई मध्यनजर गर्दै आरओ वाटर प्युरिफायर बजारमा ल्याइएको सीजी इलेक्ट्रोनिक्सले जनाएको छ ।
कम्पनीका अनुसार आर.ओ.प्लस, यु.भी. प्लस यु.एफ. प्लस टि.डि.एस. कन्ट्रोलसहितको बहु शुद्धीकरण प्रक्रिया भएको आर.ओ. वाटर प्युरिफायर तपाईको पिउने पानी सुरक्षित र शुद्ध छ भनी सुनिश्चित गर्नको लागि उपयुक्त हुन्छ । केन्ट आर.ओ. वाटर प्युरिफायरका केही सुविधाहरूमा आर.ओ. प्लस यु.भी. प्लस यु.एफ. प्लस टि.डि.एस. कन्ट्रोल सहितको बहु शुद्धिकरण प्रक्रिया, आवश्यक खनिजहरूको अवधारणा, पानी सफा र शुद्ध राख्न भण्डारण ट्यांकीमा यु.भी. एल.इ.डी., उत्कृष्ट गुणस्तर प्रमाणपत्र र पुरस्कारहरू रहेका छन् ।

हैजा महामारी हो र यो काठमाडौं उपत्यकासहित नेपालका विभिन्न भागहरूमा देखिएको छ । यो भिब्रियो कोलेरा नामक ब्याक्टेरियाबाट हुने तीव्र, पानीको पखाला हो । उपचार बिना, रोगले लक्षणहरू सुरु भएको केही घण्टाभित्र गम्भीर निर्जलीकरणबाट मृत्यु पनि हुन सक्छ ।
धाराको पानी वा बोरवेलको पानी पनि सुरक्षित हुँदैन किनकि यसमा घुलनशील अशुद्धताका साथमा भाइरस र ब्याक्टेरिया हुन सक्छ । हैजा जस्तो रोगहरूबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय पानीबाट घुलनशील अशुद्धता मात्र हटाउने नभई भाइरस र ब्याक्टेरिया जस्ता रोगजन्य किटाणुहरुलाई पनि नस्ट गर्ने वाटर प्यूरिफायर उपयोग गर्नु हो ।

प्रतिक्रिया दिनुहोस्