कामना सेवा विकास बैंकको शाखारहित सेवा विस्तार «

कामना सेवा विकास बैंकको शाखारहित सेवा विस्तार

कामना सेवा विकास बैंकले कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका–१ को पथरकोटमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बुद्धभूमी नगरपालिका– प थरकोटस्थित इन्द्र जनरल स्टोर्स् (प्रो. इन्द्रमणि बेलबासे) लाई शाखारहित बैंकिङ सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. १ का अध्यक्ष तिलकबहादुर बस्नेतले उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका छन् ।

शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधा प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्