सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा «

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

सिटिजन्स बैंक इन्टरनेसनलले शाखारहित बैंकिङ सेवा रुकुम जिल्लामा विस्तार गरेको छ । बैंकले रुकुम जिल्लाको भुमे गाउँपालिका–९ चुनवाङ रुकुम पूर्व शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।
यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एंव बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्