आदर्श लघुवित्तको आइपीओ बाँडफाँट «

आदर्श लघुवित्तको आइपीओ बाँडफाँट

आदर्श लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ ।
बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटका अनुसार कम्पनीले निष्काशन गरेको आइपीओ १६ लाख ७४ हजार ६५२ जनाले एक करोड ८४ लाख २४ हजार ९०० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए ।
आवेदन दिएकामध्ये एक हजार ८५८ जना आवेदकको आवेदन रद्ध भएको र बाँकी १६ लाख ७२ हजार ७९४ योग्य आवेदकमध्ये छ हजार २६१ आवेदकलाई १० कित्ताका दरले गोला प्रथामार्फत सेयर बाँडफाँट गरिएको छ ।
त्यसमा बाँकी पाँच कित्ता सेयर १० कित्ताभन्दा धेरै माग गरी आवेदन दिएकामध्ये गोलाप्रथाबाट थप पाँच जनालाई एक÷एक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ ।


कम्पनीले निष्काशन गरेको साधारण सेयरमा कूल जारी पुँजी (दुई लाख सात हजार कित्ता) को ०.५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता सेयर कर्मचारीलाई र निष्कासित (६७ हजार कित्ता) सेयरको पाँच प्रतिशत अर्थात् तीन हजार ३५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी ६२ हजार ६१५ कित्ता सेयर खरिदका लागि सर्वसाधारणलाई आह्वान गरेको थियो।
बाँटफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट(मेरो सेयर) मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्