गरिमा विकास बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता «

गरिमा विकास बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र गरिमा विकास बैंकबीच एससीटी–युपीआई डेबिट कार्डमार्फत भुक्तानी सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिज र विगत लामो समयदेखि सर्वसाधारणलाई सबै प्रकारका बैंकिङ सेवा सुबिधा पु¥याउँदै आएको मुलुकको बैकिङ क्षेत्रको अग्रणी बैंकको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

सम्झौतापछि स्मार्टच्वाइस टेक्नोलोजिज र गरिमा विकास बैंकबीच एससीटी–युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ ।
कम्पनीका अनुसार बैंकका ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्नेछ । एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पस, इकमर्सजस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्