Logo

सरकारी सहयोगमा चौंरीपालन फस्टाउँदै

हिमाली जिल्ला मुगुको पूर्वी भेगमा पर्ने मुगूम कार्मारोङ गाउँपालिकाका दर्जनौं बस्तीमा हुने चौंरी गाईपालन पछिल्लो समयमा लोप हुन थालेपछि कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पशु अस्पताल तथा पशुसेवा कार्यालय मुगुले आर्थिक सहयोग गरेका छन् । यो सहयोगसँगै चौंरीपालन पुनः फस्टाउन थालेको छ ।
एक निर्वाचन क्षेत्र एक पकेट क्षेत्र कार्यक्रम अन्तर्गत हिमाली रिसर्च स्टोर फर एग्रिकल्चर एण्ड हब्र्स प्राइभेट लिमिटेडबाट सञ्चालन गरिएको चांैरीपालन व्यवसाय पछिल्लो समयमा निकै फस्टाउँदै गइरहेको छ ।
मुगुको एकमात्र सडक सञ्जाल नजोडिएको मुगूम कार्मारोङ गाउँपालिकामा सञ्चालन भएको चांैरीपालनबाट स्थानीयको आयआर्जन भएको छ । चौंरीबाट दूध, ऊन, मासु, छुर्पी उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । यसका लागि जिल्ला पशु सेवा कार्यालयबाट ५० प्रतिशत र ५० प्रतिशत आफ्नै लगानी भएको छ । ३ वर्षपहिले २२ वटा चांैरीबाट सुरु गरिएको फार्ममा अहिले ४३ वटा चांैरी पुगेका छन् ।

“९ महिना हिमालतिर र तल बेसीतिर ३ महिना पाल्ने गरेका छौं । तल रोग बढी लाग्ने भएकाले हिमालतिर बढी पाल्ने गरेका छौं । तर हिमालतिर दाना, घाँस, पानी, नुनको निकै समस्या हुने गरेको छ । पछिल्लो वर्षमा राम्रो उत्पादन हँुदा निकै खुसी लागेको छ । चांैरी फार्म सञ्चालक स्याéया लामाले बताए । प्रदेश सरकारको आर्थिक सहयोग र जिल्ला पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा सञ्चालन भएको एक निर्वाचन क्षेत्र एक पकेट क्षेत्र कार्यक्रमअन्तर्गत प्राप्त २५ लाखमध्ये २३ रुपैयाँ यसमा लगानी भएको छ ।
विषेशगरी ३५ सयदेखि ४५ सय मिटर हाराहारीको उचाइमा हुने हावापानी खप्न सक्ने चांैरी गाईपालन व्यवसाय पछिल्लो समयमा निकै राम्रोसँग सञ्चालन भएको छ । जुम्लाको पातारासीमा २२ वटा चौंरीबाट सुरु गरेको व्यवसाय ४८ वटा पुगेकोमा ५ वटा बीचमा मरेपछि अहिले ४३ वटा रहेका छन् ।
हिमाली जिल्ला मुगुको मुगूम कार्मारोङ गाउँपालिकामा चौंंरी व्यवसायको निकै राम्रो सम्भावना भएको हँुदा चांैरी स्रोत केन्द्र सञ्चालन गर्ने उद्देश्यले चांैरीपालन कार्यक्रम सञ्चालन गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका प्रमुख भीमचन्द्र बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्