बजेट खर्च निराशाजनक «

बजेट खर्च निराशाजनक

sf7df8f}F, @ df3M ;8s sfnf]kq sf]6]Zj/sf] ^ n]g ;8sv08 cGtu{t ;le{; 6«ofsdf ;8s sfnf]kq ub}{ ;8s ljefusf dhb’/ . of] ;8s sfnf]kq ePkl5 oxfF x’g]] uf8L hfdsf] ;d:of sd x’g]5 . tl:a/ M /Tg >]i7÷/f;;

आर्थिक वर्ष सकिनै लाग्दा लक्ष्यको ४० प्रतिशत पनि पुँजीगत खर्च नहुँदा सरकारमाथि खर्चको चर्को दबाब परेको छ । चालू आर्थिक वर्ष २०७८/०७९ को १५ दिनमा लक्ष्यको ६१ प्रतिशत बजेट खर्च गर्न बाँकी नै छ ।
सरकारले आइतबा सम्ममा १ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको पुँजीगत खर्च गरेको छ । तर, सरकारले चालू वर्षमा ३ खर्ब ७८ अर्ब रुपैयाँको पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो । अब सरकारले आफ्नो लक्ष्य बराबरको रकम खर्च गर्न हरेक दिन साढे १५ अर्बको दरले खर्च गर्नुपर्ने देखिन्छ । तर, यस महिना १ अर्बका दरले खर्च गरिरहेको सरकारले १५ अर्बका दरले खर्च गर्न सम्भव नहुने भएकाले कुनै पनि हालतमा शतप्रतिशत पुँजीगत खर्च नहुने देखिएको छ । आर्थिक वर्ष सकिन झण्डै २० दिन बाँकी रहे पनि पछिल्लो ५ दिनमा सरकारले अति आवश्यक बाहेक कुनै पनि खर्च गर्न पाउँदैन ।
हुन त पहिलो ३ महिना १० प्रतिशत र त्यसपछिका हरेक महिनामा दश–दश प्रतिशत खर्च गर्ने बताए पनि अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षा गर्दै ९० प्रतिशतको हाराहारीमा मात्र खर्च गर्न सकिने बताएको थियो । तर, तथ्यांक हेर्दा सरकारले राखेको सो लक्ष्य समेत पूरा नहुने देखिएको छ ।

सडक कालोपत्र कोटेश्वरको ६ लेन सडकखण्ड अन्तर्गत सर्भिस ट्रयाकमा सडक कालोपत्र गर्दै सडक विभागका मजदुर । यो सडक कालोपत्र भएपछि यहाँ हुने गाडी जामको समस्या कम हुनेछ । तस्बिर ः रत्न श्रेष्ठ/रासस


सरकारले चालू वर्षमा गरेको खर्च अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को सोही अवधिमा गरेको खर्चभन्दा पनि न्यून हो । सरकारले गत वर्षको सो अवधिमा लक्ष्यको ४४.३९ प्रतिशत अर्थात् १ खर्ब ५६ अर्ब रुपैयाँ खर्च गरेको थियो । तर, कोरोनापछि आर्थिक गतिविधि तिव्र रुपमा अगाडि बढिरहेको समयमा समेत सरकारले लक्ष्यभन्दा निकै न्यून खर्च गरेको छ ।
बजेट खर्च नहुनुका केही महत्वपूर्ण कारणहरु रहेको अर्थविद् डा. डिल्लीराज खनाल बताउँछन् । “पहिलो कुरा त अध्यादेश बजेटलाई पूर्वाग्रही ढंगले प्रतिस्थापन गरिनु नै बजेट खर्च नहुनुको एक प्रमुख कारण हो । अर्थ मन्त्रालय लगायत अन्य मन्त्रालयको समन्वयबिना बाहिरबाट मानिस ल्याएर जसरी बजेटका कार्यक्रमहरुलाई थपघट गरियो, त्यसले बजेट कार्यान्वयनमा अनिश्चितता थप्यो,” उनले भने । साथै आर्थिक वर्षको सुरुवाती महिनाहरुमा सरकारले पूर्वाग्राही ढंगले बजेट कार्यान्वयनमा नै नलैजानु भन्ने सकुलर नै जारी गरेका कारणले बजेट कार्यान्वयनमा समस्या देखिएको खनाल बताउँछन् ।
त्यस्तै, गठबन्धनको गैरजिम्मेवारीपनाले समेत पुँजीगत खर्च हुन नसकेको उनको तर्क छ । अनुगमनका लागि एउटा छुट्टै संयन्त्र बनाएर हरेक दिन खर्चको ट्रयाकिङ गरी कसले किन खर्च गरेन त्यसलाई जिम्मेवार बनाएर लैजानुपर्नेमा आर्थिक पाटोमा गठबन्धनको सरकार नै गैरजिम्मेवार भएको खनाल बताउँछन् ।
सरकारले चालू खर्च भने झण्डै ८० प्रतिशतको हाराहारीमा गरेको छ । १० खर्ब ६५ अर्ब रुपैयाँ विनियोजन गरेको सरकारले सोमबारसम्ममा ८ खर्ब ४९ अर्ब रुपैयाँ अर्थात् ७९.७२ प्रतिशत खर्च गरेको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ लक्ष्यको ४८.२४ प्रतिशत अर्थात् ९१ अर्ब रुपैयाँ खर्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस्