Logo

स्कोडाले २० प्रतिशत बिक्री बढाउने

चेक अटो उत्पादक कम्पनी स्कोडा मोटरले भारतीय बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउने योजना बनाएको छ । कम्पनीले यो वर्ष आफ्ना सवारीको बिक्री २० प्रतिशतले बढाएर करिब २० हजार कार बिक्री गर्ने लक्ष्य सार्वजनिक गरेको छ । स्कोडाले गत वर्ष आफ्ना सवारीको बिक्री ३० प्रतिशतले गरेर १७ हजार ५ सय पुराएको थियो । कम्पनीले ल्याएको ¥यापिड, अक्टिभा र अक्टिभा आरएसको परिमार्जित भर्सनले थप सहयोग पुग्ने विश्वास लिएको छ ।
त्यस्तै कम्पनीले यो वर्ष कोडिक एसयूभी ठूलो संख्यामा बजारमा ल्याउने भएको छ । स्कोडाले २०१७ को अक्टोबरमा कोडिक प्रिमियम एसयुभी भारतीय बजारमा ल्याएको थियो । गएको वर्ष कम्पनीका लागि निक्कै सुखद रहेको स्कोडा अटो इन्डियाका सेल्स, सर्भिस र मार्केटिङका निर्देशक आशुतोश दिक्षितले बताए । समग्र भारतीय अटोमोबाइल बजार यो वर्ष ६ देखि ८ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएकोमा स्कोडाले भने गर्न वर्षको अवस्थालाई हेरेर दोहोरो अंक मात्र नभइ १५ देखि २० प्रतिशतको वृद्धि लक्ष्य राख्नु त्यति अस्वभाविक नभएको दिक्षितको भनाइ छ । गत वर्ष स्कोडाको बिक्री बढ्नुमा अक्टोबरमा सार्वजनिक भएको कोडिक पनि कारक हो । कोडिकका लागि यो वर्ष नै पहिलो वर्ष हुने भएकाले यसको बिक्रीको प्रभाव स्कोडाको समग्र बजार हिस्सामा राम्रै देखिने विश्वास कम्पनीले लिएको छ ।
स्कोडाले आफ्ना डिलर पार्टनरसहित सेल्स नेटवर्क विस्तारका लागि पछिल्लो दुई वर्षमा १ सय करोड भन्दा बढी भारतीय रुपैयाँ पूर्वाधारमा लगानी गरि सकेको जनाएको छ । हाल भारतमा स्कोडाको डिलरसिप ६८ वटा रहेको र यो वर्षको अन्त्यसम्ममा यो संख्यालाई ७५ मा पुराउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्