इलामको माङसेबुङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु «

इलामको माङसेबुङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

इलाममा बुलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको माङसेबुङ गाउँपालिका २ दहगाउँमा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका ५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र इलामको माङसेबुङ गाउँपालिका ६ का ५० वर्षीय जयकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डिएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

आइतबार दिउँसो पाँचथरको रबिबाट झापाको दमकका लागि छुटेको मे १ ज ४८७ नं. को जिप अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल झरेको थियो । दुर्घटनामा परी हिमप्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको बताइएको छ । पदमकुमारीको उपचारका लागि दमक अस्पताल लाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । सो जिपमा चालकसँग चार जना सवार रहेको बताइएको छ ।
चालक जिल्ला पाँचथर मिक्लाजुङ गाउँपालिका ३ बस्ने वर्ष २४ को अनुप राई सामान्य घाइते भएको र हाल प्रहरी चौकी बाझो ईलामको नियन्त्रणमा रहेको जनाइएको छ । मृतकको शब समेत घटना स्थलमा नै रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्