सनराइज बैंकद्वारा शैक्षिक सामग्री वितरण «

सनराइज बैंकद्वारा शैक्षिक सामग्री वितरण

सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बर्दिबासको श्री जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
बैंकको बर्दिबास शाखाले बर्दिबास नगरपालिका–२ स्थित श्री जनता उच्च माध्यमिक विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययनरत ५० जना गरीब तथा विपन्न वर्गका विद्यार्थीलाई स्कुल ब्यागलगायतका विविध शैक्षिक सामग्री बैंकको मधेश प्रदेश प्रमुख दिपक पण्डित र बैंकका बर्दिबास शाखा प्रमुख खड्गबहादुर सिंहले संयुक्त रुपमा वितरण गरेका हुन् । विद्यार्थीलाई विद्यालय आउन प्रेरित गर्न र उनीहरुको शिक्षामा साथ दिने उद्देश्य अनुरुप उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक दिलीपकुमार तिवारीले बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा बैंकसँग सहकार्य गरी विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने योजना रहेको समेत जानकारी दिए । कार्यक्रममा बर्दिबास नगरपालिका–२ का वडा अध्यक्ष धिरेन्द्रकुमार सिंहलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्