प्रभु क्यापिटलको अनलाइनबाटै आइपीओमा आवेदन दिन सकिने «

प्रभु क्यापिटलको अनलाइनबाटै आइपीओमा आवेदन दिन सकिने

प्रभु क्यापिटलले आयोजना प्रभावित स्थानीयहरुले अनलाइनबाटै आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।
प्रभु क्यापिटलले पिपुल्स पावरको प्राथमिक निष्काशन गर्ने क्रममा इलाम जिल्लाका आयोजना प्रभावित बासिन्दाले आफैंले अनलाइनबाट आवेदन दिन मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो ।
यसका लागि क्यापिटलको वेबसाइटबाट आवेदकहरुले आफ्नो व्यक्तिगत विवरण र स्थानीयका लागि तोकिएको कागजातसहित खरिद गर्न चाहेको कित्ता र रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् । यसबाट हितग्राही खाता खोल्न बाँकी तथा हितग्राही खाता भएका दुवैले अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

आवेदन गरीसकेपछि लगानीकर्ताले अनलाइनबाट इसेवा, खल्ती तथा प्रभु पेबाट भुक्तानी गर्न सक्नेछन् । साथै कनेक्ट आइपिएस वा बैंकमा गई आवेदन फारम सबमिट गरेपछि प्राप्त आवेदन नम्बर र आवेदकको नाम राखी बुझाएको रकमको भौचर अपलोड गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन् ।
यो वेबसाइटबाट हाल इलाम जिल्लाबासीले इलाम नगरपालिकाको वार्ड नं. १ र ४ मा अवस्थित पुवा–२ जलविद्युत आयोजना निर्माण गरीरहेको पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्