तातोपानी नाका र सुक्खा बन्दरगाह चाडै

भूकम्पपछि बन्द भएको तातोपानी नाका र सुक्खा बन्दरगाह चाडै सञ्चालनमा ल्याइने भएको छ । लामो समयदेखि बन्द रहेको सो नाका खुलाउने कार्य अन्तिम चरणमा पुगेको हो । भूकम्पपछि बन्द रहेको तातोपानी नाका यसै वर्षदेखि खोलिने आगामी वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
नेपाल र चीनबीच हुने व्यापारलाई सहज गर्न बनाउन लागिएको सुक्खा बन्दरगाहको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सो बन्दरगाह निर्माण भएको हो । सामान्य फिनिसिङका कामबाहेक संरचना सबै तयार भइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी दिएको छ ।
समितिका अनुसार ९९ प्रतिशत काम पुरा भइसकेको छ । ड्राईपोर्ट तयार भएपछि नेपाल सरकारलाई औपचारिक रूपमा मे महिनामा हस्तान्तरण हुने छ । फर्निचर, नेटवर्किङ, विद्युत्को व्यवस्था भए पोर्ट सञ्चालन गर्न सकिने समितिका अधिकारीहरूको भनाइ छ । गत मे १ मा तातोपानी नाका खोल्ने योजनाका साथ अहिले मितेरी पुल र सडक निर्माणको काम धमाधम भइरहेको छ ।
करिव ९० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा दुईवटा भवन रहेका छन् । जुन दुई÷दुई तलाका छन् । एउटा मुख्य प्रशासनिक भवनको रूपमा प्रयोग हुने छ भने अर्को क्वार्टरका लागि प्रयोग हुने छ । प्रशासनिक भवनमा अध्यागमन, बैंक, भन्सारलगायतका कार्यालय रहने छन् । नाका सञ्चालनमा आएपछि तातोपानी भन्सार कार्यालयबाट हुँदै आएको काम यहीबाट हुने छ । बन्दरगाहका लागि आवश्यक पर्ने गोदामघर, क्वारेनटाईन, जाँचपास यार्डलगायतका सबै खालका संरचना निर्माण गरिएको समितिले जनाएको छ ।
आयात र निर्यातका लागि छुट्टाछुट्टै टर्मिनलहरू बनाइएको छ । करिव १ सय ६० ठूला र ३० वटा साना गाडी एकैपटक जाँच गर्न सकिन्छ । सय टनसम्म सामान बोकेको गाडी एकैपटक तौलिन सक्ने मेसिनसमेत राख्न लागिएको समितिले जानकारी दिएको छ ।
भोटेकोसीमा आएको बाढीले बन्दरगाह जानका लागि प्रयोग गरिने पुल बगाएर थप क्षति पु¥याएको थियो । गत जेठमा पुन द्विपक्षीय सम्झौता भएर बन्दरगाह निर्माण थालिएको हो । चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी (सिआरसीसी)ले निर्माणको काम गरिरहेको छ । चीन सरकारको १ अर्ब २० करोड रूपैयाँ लागतमा तयार पारिएको हो ।
बन्दरगाहलाई भोटेकोसी नदीले क्षति नपु¥याओस् भनेर वरिपरि रिटेनिङ मेसिनरी वाल उठाइएको छ भने अरनिको राजमार्गबाट बन्दरगाह जान आउनका लागि पुलसमेत निर्माण गरिएको छ । द्विपक्षीय सम्झौता भएर २०६९ सालबाट निर्माणको काम सुरु गरिएको थियो । बन्दरगाह निर्माण गरिएका सञ्रचनाले एउटा आकार लिइसकेको थियो । ८० प्रतिशत निर्माण सकिएको बन्दरगाहमा २०७२ साल वैशाख १२ मा आएको विनाशकारी भूकम्पले क्षति पु¥याएको थियो ।