ज्योति विकास बैंकको शाखा बेसीशहरमा «

ज्योति विकास बैंकको शाखा बेसीशहरमा

ज्योति विकास बैंकले बेसीशहर शाखाको औपचारिक उद्घाटन गरेको छ ।
बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पु¥याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको हो । बेसीशहर नगरपालिका वडा नं. ८ लम्जुङस्थित बेसीशहर शाखाको बेसीशहर नगरपालिकाका मेयर गुमान सिंह अर्याल र बैंकका सञ्चालक नरेशराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारी, ग्राहक तथा स्थानीय व्यवसायी पनि उपस्थित थिए ।

नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले बेसीशहर शाखाका ग्राहकहरुका लागि शुन्य मौज्दातमै क्यूआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुटलगायत विभिन्न सुविधा प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्