कुमारी बैंक र बैंक अलबिलादबीच सम्झौता «

कुमारी बैंक र बैंक अलबिलादबीच सम्झौता

कुमारी बैंकले विप्रेषण सेवा सहज बनाउन साउदी अरेबियाको बैंक अलबिलादसँग सहकार्य गरेको छ ।
उक्त रेमिट्यान्स सेवाको औपचारिक शुभारम्भसँगै ग्राहकले बैंक अलबिलाद, साउदी अरेयिबाको एन्जाजएप, एन्जाज सेन्टर,अलबिलादका विद्युतीय प्रणाली, अलबिलाद एटीएम, एन्जाज प्वाइन्ट अफ सेल डिभाइस र एन्जाज सेल्फ–सर्भिस मेसिनमार्फत सुलभ दरमा नेपाल पैसा पठाउन र कुमारी बैंकको देशव्यापी शाखा सञ्जाल र कुमारी रेमिटका भुक्तानी केन्द्रमार्फत रकम प्राप्त गर्न सक्नेछन् । बैंक अलबिलादमार्फत ग्राहकहरुले नेपालको कुनै पनि बैंक खातामा पैसा तुरुन्तै जम्मा गर्न सक्नेछन् ।

सो सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा बैंक अलबिलादका एफआई प्रमुख मोहम्मद अल फुरैहले हस्ताक्षर गरे । सो सम्झौता पश्चात् नेपाल र साउदी अरेबियाका दुई बैंकबीचको साझेदारीले बैंकिङ प्रणालीमार्फत विप्रेषण रकम ल्याउने र नेपालमा साउदीको लगानी भित्र्याउन मद्दत पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
नेपालमा लगानीको अनुकूल वातावरण रहेको बताउँदै खनालले दुई बैंकको साझेदारीले नेपालमा विभिन्न क्षेत्रमा साउदीको लगानी प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताए ।
दुई बैंकबीच भएको यस साझेदारीले रेमिट्यान्स सेवालाई सहज बनाउने र औपचारिक बैंकिङ प्रणालीरूमार्फत साउदीबाट आउने विप्रेषण रकम नेपालमा प्राप्त हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्