सेञ्चुरी बैंकको हाईब्रिड बचत खाता «

सेञ्चुरी बैंकको हाईब्रिड बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी हाईब्रिड बचत खाता सञ्चालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्नेछन् ।

सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता न्यूनतम एक लाख रुपैयाँमै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकलाई भिषा डेबिट कार्ड, इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ डिम्याट र मेरोसेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ । यस खातामा विभिन्न सेवाहरु विना शर्त खाता सञ्चालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ । यो खाता बैंकका सम्र्पूण शाखाबाट खोल्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्