आइएमई लाइफ इन्स्योरेन्सको बालकिरण जीवन बिमा योजना «

आइएमई लाइफ इन्स्योरेन्सको बालकिरण जीवन बिमा योजना

आइएमई लाइफ इन्स्योरेन्सले ल्याएको आइएमई बालकिरण जीवन बिमा योजना बिमितहरूमाझ लोकप्रिय हुँदै आएको र पछिल्लो समयमा उल्लेख्य संख्यामा बिक्री हुने बिमालेख भएको सार्वजनिक गरेको छ ।
बच्चाको जन्म लगत्तै लिन सकिने यो बिमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिका लागि अधिकतम जोखिम रक्षावरणसहित चौथो वर्षदेखि नै प्रत्येक वर्ष बिमा रकम फिर्ता हुँदै आउँछ ।

यसरी प्रत्येक वर्ष फिर्ता हुने रकमले अभिभावकलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताए ।
खासगरी अभिभावक तथा नव अभिभावकका लागि उपयुक्त तथा सहज यस बिमा योजनामा आफ्नो आवश्यकता अनुसारको बिमा अवधि छनौट गर्न सकिने, दुर्घटना तथा बिरामीको थप जोखिम वहन हुने तथा एउटै बिमामा दोहोरो जीवनको बिमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्