Logo

अशोक लेल्यान्डले कमर्सियल भेहिकलमा ४ सय करोड लगानी गर्ने

भारतको दोस्रो ठूलो कमर्सियल सवारी उत्पादक कम्पनी अशोक लेल्यान्डले लाइट कमर्सियल सवारीको बजार विस्तारका लागि आक्रामक योजना ल्याएको छ । हाल ५ प्रतिशत बजार हिस्सा रहेको अशोक लेल्यान्डको कमर्सियल सवारी (एलसीभी)को बजार हिस्सा आगामी ३ वर्षमा २५ प्रतिशत पुराउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

अशोक लेल्यान्डले एलसीभीको बजार विस्तारका लागि ४ सय करोड लगानी गर्ने योजना बनाएको कम्पनीका एलसीभी डिभिजन प्रमुख नितिन सेठले बताए । “अशोक लेल्यान्डले लाइट कमर्सियल सवारीको क्षेत्रमा नयाँ उचाइ रच्ने योजनाका साथ उक्त लगानी गर्न लागेको हो,” सेठले भने, “अशोक लेल्यान्डले हरेक ६ महिनामा एउटा नयाँ एलसीभी बजारमा ल्याउने छ ।” अशोक लेल्यान्डले नयाँ ल्याउने एलसीभीका लागि सबै गल्फ देश, रसिया, युक्रेन र सबैजसो वेस्ट अमेरिकन देशलाई आफ्नो बजारका रुपमा लिएको छ । उक्त देशहरूमा बाँया हाते चालन प्रणाली रहेको छ । हाल अशोक लेल्यान्डले उत्पादन गरेका सवारीहरू दायाँ हाते संचालन प्रणलीमा आधारित छन् । यस्ता सवारीहरू दक्षिण एसियाली देशहरूमा निर्यात हुँदै आएको छ । तर ८० प्रतिशत विश्व बजारमा बायाँ हाते संचालन प्रणालीमा आधारित रहेको छ ।

यद्यपी भारतको आन्तरिक बजारमा अशोक लेल्यान्डको एलसीभी सेगमेन्टमा १५ प्रतिशत बजार हिस्सा रहेको छ । समग्र बजारका साथै आन्तरिक बजारको वृद्धि समेत २० देखि ३० प्रतिशत पुराउने लक्ष्य अशोक लेल्यान्डले लिएको छ । नेपाली बजारमा पनि अशोक लेल्यान्डको एलसीभी दोस्त लगायत सवारी लोकप्रिय हुँदै गएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्