अष्ट्रेलिया र इजरायलमा राजदूत नियुक्त «

अष्ट्रेलिया र इजरायलमा राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले कैलाशराज पोखरेललाई अष्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा आइतबार नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्