गाडी भाडा ७.६८ प्रतिशतसम्म घट्यो «

गाडी भाडा ७.६८ प्रतिशतसम्म घट्यो

सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । एक प्रदेशबाट अर्काे प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीमा ५.४१ देखि ७.६८ प्रतिशतसम्म भाडा घटेको हो ।
सरकारले पेट्रोलियम पदार्थमा कर घटाएर मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात यात्रुवाहक तथा मालवाहक सवारीमा भाडा घटाएको हो । यात्रुवाहक सवारीमा ५.४१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ७.६८ प्रतिशत भाडा घटाइएको छ । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले भाडा समायोजन गर्दै आएको छ ।

विभागले वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था ०७८ चैत १७ गतेको निर्णयानुसार लागू गरेको हो । नेपाल आयाल निगमले १५.१० प्रतिशतसम्म मूल्य घटाएकोले विभागले आइतबारवाट लागू हुने गरी भाडा समायोजन गरेको हो । इन्धनको मूल्यमा घटबढ हुनासाथ सवारीको भाडा समायोजन हुँदै आएको छ । निगमले पेट्रोलियम पदार्थमा शनिबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको थियो । यसअघि डिजेल प्रतिलिटर १९२ रुपैयाँ रहेकोमा १६३ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्