धनकुटाका सातमध्ये चार स्थानीय तहले ल्याए बजेट «

धनकुटाका सातमध्ये चार स्थानीय तहले ल्याए बजेट

सात स्थानीय तह रहेको धनकुटाका चार वटा स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् । तीन स्थानीय तहले भने विवादका कारण बजेट प्रस्तुत गर्न नसकेको जनाएका छन् ।
धनकुटाको छथरजोरपाटी गाउँपालिका, शहिदभूमी गाउँपालिका, चौबिसे गाउँपालिका र महालक्ष्मी नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् भने धनकुटा नगरपालिका, पाख्रिवास नगरपालिका र साँगुरीगढी गाउँपालिकाले भने बजेट प्रस्तुत नगरी सभा स्थगित गरेका छन् ।
जसमध्ये धनकुटाको छथरजोरपाटी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४४ करोड ७४ लाख ८४ हजारको बजेट ल्याएको छ । गत अर्थिक वर्षको भन्दा गाउँपालिकाले २ करोड ४७ लाख ७१ हजार बढीको बजेट ल्याएको हो । गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष गिता गुरुङले बजेट प्रस्तुत गरेकी थिइन् ।

त्यस्तै गरी शहिदभूमि गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राईले ४४ करोड ९४ लाख ३० हजार ६ सय ९० बराबरको बजेट प्रस्तुतगरीन उनले आगामि आर्थिक बर्षका लागि प्रस्तुत बजेटमा संघीय सरकारबाट वित्तीय हस्तान्तरण भई आउने ९ करोड ७२ लाख, राजस्व बाँडफाटवापत सात करोड ९७ लाख ५७ हजार, विशेष अनुदान एक करोड, संघीय समानीकरण एक करोड, प्रदेश सरकारबाट समानीकरण ५० लाख ७७ हजार , प्रदेश सरकारबाट प्राप्त समपूरक आउने एक करोड, राजस्व सवारी साधान कर बाट २४ लाख ४७ हजार ६ सय ९०, आन्तरक स्रोतबाट ७६ लाख आम्दानी अनुमान गरिएको छ ।
त्यस्तै महालक्ष्मी नगरपालि उपप्रमुख मञ्जु कार्की कुल ७२ करोड १६ लाख ७० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी छन् । जसमा संघीय सरकारमार्फत ६७ करोड ४९ लाख ७१ हजार प्रदेशवाट २ करोड ९६ लाख ९९ हजार र स्थानिय सरकारको १ करोड ७० लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको बताइन् । त्यस्तै चौबिसे गाउँपालिकाले पनि आगामी वर्षको बजेट प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्