मोदी गाउँपालिकाको बजेट ७३ करोड «

मोदी गाउँपालिकाको बजेट ७३ करोड

पर्वतको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाको आगामी आर्थिक वर्षको कुल बजेट ७३ करोड, ५२ लाख ५३ हजार ९ सय ४४ रहेको छ । विनियोजित बजेटमध्ये चालू खर्चतर्फ ४८ करोड ६९ लाख अर्थात् ६६ दशमलव २२ प्रतिशन र पुँजीगत खर्चतर्फ २४ करोड ८३ लाख ५३ हजार ९ सय ४४ अर्थात् ३३ दशमलव ७८ प्रतिशत रहेको छ । गाउँपालिकाको ११औँ अधिवेशनमा उपाध्यक्ष विमल लामिछानेले प्रस्तुत गरेको बजेटमा उल्लेखित खर्च बेहोर्ने स्रोतमा राजस्वबाट एक करोड ४४ लाख, ८७ हजार ९ सय ४४, विद्युत रोयल्टीबाट एक करोड ३५ लाख, वन रोयल्टीवाट १२ हजार, राजस्व बाँडफाँट केन्द्र सरकारबाट आठ करोड ६७ लाख १८ हजार, प्रदेश सरकारबाट ६८ लाख १२ हजार, वित्तीय समानीकरणअन्तर्गत केन्द्र सरकारवाट १९ करोड ६४ लाख र समपूरक अनुदान प्रदेश सरकराबाट ५० लाख आउने अनुमान गरिएको छ ।

त्यसैगरी केन्द्र सरकारबाट समपूरक अनुदान ८० लाख, विशेष अनुदान एक करोड, प्रदेशवाट विशेष अनुदान ५० लाख, सामाजिक सुरक्षाका लागि १६ करोड रहेको छ । आगामी आर्थिक वर्षको कुल खर्च बेहोर्दा गाउँपालिकालाई तीन करोड न्यून हुने र उक्त पूर्ति गर्नका लागि चालू आर्थिक वर्षको खर्च नभई रहने रकमबाट बेहोरिने उपाध्यक्ष लामिछानेले जानकारी दिए । गाउँपालिकाले आगामी बजेटमा गुणस्तरीय र सर्वसुलभ पूर्वाधार निर्माण, आर्थिक सामाजिक रूपान्तरण, गरिबी निवारण र रोजगारी सिर्जना, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, उद्यमशिलताको विकास, जनताको जीवनस्तर उकास्ने कार्यक्रम, उत्पादन र उत्पादकत्व वृद्धि, दिगो विकास, वातावरणीय संरक्षण र संवद्र्धनजस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । पालिकाले समग्र पूर्वाधार निर्माणमा नौ करोड ९१ लाख ५० हजार विनियोजन गरेको छ । हाम्रो रहर उज्यालो गाउँसहर कार्यक्रममा १८ लाख विनियोजन गरेको छ । गाउँपालिकाले २० युनिटसम्मको विद्युतको शुल्क बहोर्ने गरी १८ लाख विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्