गर्मीमा स्वस्थ रहन जान्नैपर्ने कुरा «

गर्मीमा स्वस्थ रहन जान्नैपर्ने कुरा

Nepalese village in the Himalaya mountains near Pokhara in Nepal

गर्मी महिना सुरु भएको छ । गर्मी महिनामा आफ्नो हात र शरीरका विभिन्न अंगको सफाइमा ध्यान दिनुपर्छ । गर्मी मौसममा डिहाइड्रेसन, भोक नलाग्नु र धेरै पसिना आउने कारण शरीरको तापक्रम साधारण हुँदैन र थुप्रै रोग लाग्न सक्ने सम्भावना हुन्छ, त्यसैले गर्मीमा आवश्यकताअनुसार कमसेकम ३ देखि ५ लिटरसम्म पानी पिउनैपर्छ । यो स्थितिबाट बच्नका लागि आफ्नो खानपिनमा विशेष ध्यान दिनु आवश्यक छ ।
गर्मीमा प्रशस्त पानी पिइएन भने डिहाइड्रेसन हुन्छ । शरीरका नसा र कोशिकाहरूलाई पानीले सिञ्चित गरिराख्न शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन । गर्मी महिनामा घामको सीधा असर हुने भएकाले शरीरलाई अत्यधिक पानीको आवश्यकता पर्छ । यसर्थ, आफ्नै घरमा सफा गरिएको अथवा उमालेको पानी बोत्तलमा बोकेर हिँड्ने र पानी पिइरहने गर्दा सबैभन्दा उत्तम हुन्छ । शरीरमा डिहाइड्रेसन भयो भने दिमाग बोधो हुने र मुड ठीक नहुने समस्या हुने भएकाले प्रशस्त पानी भएका यस्ता फलफूलको प्रयोग आवश्यक छ । गर्मीमा पिसाब र पसिनामार्फत शरीरमा रहेको पानी बढी मात्रामा निकास हुने भएकाले पानीको मात्रा बढी भएको खरबुजाजस्ता फलफूल नियमित खाने प्रयास गर्नुपर्छ । खरबुजामा छालालाई घामको विकिरणबाट जोगाउने तत्वसमेत भएकाले गर्मीमा यो ज्यादै उपयोगी हुन्छ । खरबुजामा क्यालोरीको मात्रा कम हुने भएकाले खरबुजा बढी खाँदा पनि मोटाइएला भन्ने चिन्ता पनि हुँदैन । काँक्रोमा सिलिकाजस्ता तत्व पाइन्छन्, जसले गर्मीमा छालालाई स्वस्थ बनाउने गर्छन् । साथै, यसमा फाइबर, पोटासियम र म्याग्नेसियम पनि प्रशस्त पाइन्छन् । काँक्रोमा पानीको मात्रा बढी पाइने भएकाले यसले शरीरलाई डिहाइड्रेट हुनसमेत दिँदैन । तसर्थ, गर्मीमा खानासँगै काँक्राको सलाद नछुटाउनु ज्यादै लाभदायक हुन्छ ।
यो समयमा संक्रमणको जोखिम उच्च हुने तथा त्यसबाट पाचन क्रियासम्बन्धी समस्याहरू निम्तिने डर हुन्छ । गर्मीयाममा खानपानको विषयमा अपनाउनुपर्ने सावधानीसँगै खानामा दही समावेश गराउनु निकै फाइदाजनक हुन्छ । दहीको नियमित सेवनले गर्मीयाममा स्वास्थ्य तथा सुन्दरतालाई प्रवद्र्धन गर्न सहयोग पु¥याउँछ । पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले अनुहार चम्किलो बनाउन पनि सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन् बढी फाइदाजनक मानिन्छ, किनभने यसको गुण शीतल हुन्छ । लौकामा करिब ९६ प्रतिशत पानी हुन्छ । सलादमा काँक्रोले काम गरेजस्तै यसले तरकारीमा पनि त्यस्तै काम गर्छ । लौका चिसो खालको तरकारी हो । यसले कलेजो स्वस्थ राख्न मद्दत गर्छ । क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ । गर्मी मौसममा यसले पेट सफा पार्छ । ग्यास बन्न दिँदैन । फाइबर पनि हुने हुनाले अल्सर, पायल्स र ग्यास्ट्रिकको रोगीका लागि लाभदायी हुन्छ । गर्मी मौसममा प्याज वरदान नै हो । यसमा भिटामिन सी, भिटामिन बी म्याग्निजको मात्रा भरपूर हुन्छ । यसमा क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फस्फोरस र पोटासियम पनि पाइन्छ । यो मौसममा काँचो प्याज खानाले लू पनि लाग्दैन । यसलाई तरकारीको रुपमा मात्र नभई काँचै सलादका रुपमा खान सकिन्छ । स्वादमा तीतो भए पनि करेला स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । यो सजिलै पच्छ । यसमा फस्फोरस पाइने भएकाले कफको समस्या हटाउन पनि मद्दत गर्छ । यसका साथै करेलामा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिन पाइन्छ । करेलाले पाचनशक्ति मजबुत पार्ने भएकाले भोक पनि जगाउँछ । यो चिसो खालको तरकारी भएकाले गर्मी मौसममा उपयोग गर्नु राम्रो मानिन्छ ।
गर्मी मौसममा मसालेदार खानेकुरा, चिया, कफी, बासी, सडेगलेका खानेकुरा, चिल्लो–पिरो, धेरै दिनसम्म फ्रिजमा राखेको खानेकुरा, जाँड–रक्सी र सुर्तीजन्य पदार्थ सेवन गर्नाले बिरामी हुने सम्भावना रहनछ । जंक फुड (चाउचाउ, लेज, कुरकुरेलगायत)÷फास्ट फुडजस्ता खानेकुरामा चिल्लो बढी र पौष्टिक तत्व कम हुन्छ । चिल्लोको मात्राले हामीलाई निकै असर गर्ने भएकाले हामी यी खानेकुराबाट परै रहनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्