कामना सेवा विकास बैंकको शाखरहित सेवा विस्तार «

कामना सेवा विकास बैंकको शाखरहित सेवा विस्तार

कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखा रहित बैंकिङ सेवा सुरू गरेको छ ।
बैंकले सेवा विस्तार गर्ने क्रममा कैलाली जिल्लाको जानकी गाउँपालिकापा– ५ को अमौरामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

जानकी गाउँपालिका–५ अमौरास्थित राम चौधरी तयारी पोसाक उद्योग (प्रो. राम चौधरी) लाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ५ का वडा अध्यक्ष भीमबहादुर चौधरीले सो शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा सुरू गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्