पुतलीसडकमा डक एण्ड डोरिस रेष्टुरेन्ट «

पुतलीसडकमा डक एण्ड डोरिस रेष्टुरेन्ट

पुतलीसडकमा गोर्खा इको प्यानलको प्रयोग गरेर बनाइएको साहुकाजी छें (भवन) मा डक एण्ड डोरिस नामक नयाँं रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको छ । रेष्टुरेन्टको उदघाटन नेपाली कांग्रेस वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक समारोहबीच गरे ।
काठमाडौं महानगरपालिका वडा नं २९ पुतलीसडकस्थित साहुकाजी छें (घर) मा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । डक एण्ड डोरिस रेष्टुरेन्ट प्रालिका प्रबन्धक निरज मानन्धरले रेष्टुरेन्टमा बिहानको ब्रेकफाष्ट, लन्च र डिनर आदि पाइने बताए । रेष्टुरेन्टको मुख्य विशेषताको रुपमा स्वस्थ अनि सस्तो सेवा रहेको उहाँं बताउँछन् ।

रेष्टुरेन्टको नाम अथ्र्याउँंदै उनी रेष्टुरेन्टको नाम स्कटल्याण्ड देशका स्कटिस भाषाबाट राखेको बताउँछन् । उनका अनुसार स्कटिस भाषामा डक एण्ड डोरिसको अर्थ कुनै एक क्षणमा छुटिने बेलाको अन्तिम ड्रिक्स हो । काठमाडौं उपत्यकामा भोजभटेर वा ग्याडरिंगमा छुटिने बेलामा अलिकति भए पनि पिउने चलनलाई आत्मसाथ गरी रेष्टुरेन्टको नाम छनौट गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्