सिटिजन्स बैंकको नयाँ शाखा उदयपुरको त्रियुगामा «

सिटिजन्स बैंकको नयाँ शाखा उदयपुरको त्रियुगामा

सिटिजन्स बैंक इन्टरनेसनलको ९५ औं शाखा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका, ७ तोरीबारीमा सञ्चालनमा आएको छ ।
सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी बाबुराम थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । उक्त शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्