गण्डकी प्रदेशमा बैंक अफ काठमाण्डूको घरदैलो कार्यक्रम «

गण्डकी प्रदेशमा बैंक अफ काठमाण्डूको घरदैलो कार्यक्रम

बैंक अफ काठमाण्डूले गण्डकी प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयहरूले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
बैंकले सार्वजनिक गरेको दुई निक्षेप योजनाहरूको जानकारीमूलक तथा विभिन्न बैंकिङ सेवाहरूको जानकारी प्रदान गर्न घरदैलो कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । बैंकले ४ गुणासम्मको प्रतिफल भएको बीओके सुपर मुद्दती खाता सार्वजनिक गरेको थियो । उक्त खातामा क्रेडिट कार्ड जारी शुल्कमा विशेष छुटको सुविधा, मौज्दात रकमको ९० प्रतिशतसम्म ऋणको सुविधासहित दुई लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा रहेको बैंकले जनाएको छ ।

यस्तै, बीओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर ८.०३ प्रतिशतको वार्षिक ब्याजदरसहित थुप्रै निशुल्क सेवाहरू सार्वजनिक गरेको र यस बारेमा जानकार दिन लागि गण्डकी प्रदेश अन्तर्गतका बाग्लुङ, बेनी, दमौली, खैरेनीटार, पोखरा, सुदरबजार, पावरहाउस, बगर तथा वालिङलगायत शाखा कार्यालयहरूले आफ्नो नजिकको स्थानहरूमा घरदैलो कार्यक्रम गरेर नयाँ योजनाहरूको बारेमा जानकारी दिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्