डेटिङ एप ‘एस्ट्रोपड’ सार्वजनिक «

डेटिङ एप ‘एस्ट्रोपड’ सार्वजनिक

अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले नेपालमा पहिलो पटक डेटिङ एप एस्ट्रोपड सार्वजनिक गरेको छ ।
नेपालमा भरपर्दो डेटिङ एपको उपस्थिति नभएको अवस्थामा प्रयोगकर्तालाई आफ्नो मन मिल्ने जोडी खोज्न सहयोग पु¥याउन कम्पनीले सो एप सार्वजनिक गरेको हो । एस्ट्रो पडको नारा ‘मेड इन स्टार्स’ राखिएको छ ।
उक्त एप डेभलप गर्ने प्रेरणाका बारेमा एस्ट्रो वेद प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत परिवेश कोइरालाले आफू विश्वको सानो हिस्सा भएका कारण विश्वका लागि केही बनाउने प्रवेशद्वारका रुपमा रहेकाले एप डेभलपमेन्टमा विशेषज्ञतासहितको सफ्टवेयर कम्पनी सुरु हाम्रो लक्ष्यका साथ सुरु गरेको बताए ।

परियोजनाको शुरूवाती योजना २०१४ मा मानिसहरुलाई एक आपसमा जोड्न र खुशी आदानप्रदान गर्न आईएम अर्थात् इन्स्ट्यान्ट मेसेजिङलाई कम्पनीको मुख्य भिजन÷मिसन बनाउने भए पनि पर्याप्त लगानीको अभावमा यसलाई स्थगित गर्नुपरेको कोइरालाले बताए । यो मोबाइल एप्लिकेशन कोइरालाको टोलीले शुरुवाती दिनदेखि नै बनाउने सपना देखेका थिए । त्यसमार्फत् उनीहरु प्रविधि र आइडियाबाट मात्र नभई ज्योतिष विज्ञानका माध्यमबाट यो सेवा प्रदान गर्न सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्