महिन्द्रा बोलेरो ‘उद्यमशील नेपालको भरपर्दो साथी’ «

महिन्द्रा बोलेरो ‘उद्यमशील नेपालको भरपर्दो साथी’

अग्नि ग्रुपले नयाँ महिन्द्रा बोलेरो पिकअप टिभिसी सार्वजनिक गरेको छ ।
अग्नि ग्रुपले ‘अग्नि ग्रुप–महिन्द्रा नेपाल’ को विभिन्न सामाजिक सञ्जालमा ‘उद्यमशील नेपालको भरपर्दो साथी’ शीर्षकमा सो पिकअपको नयाँ भिडियो प्रसारण गरेको छ ।

उद्यमशील नेपालको भरपर्दो साथीको लोकाचारमा अडिग रहँदै नयाँ टिभिसीले महिन्द्रा बोलेरो पिकअपको भिडियोमा नेपाली जनताको भावनात्मक सम्बन्ध र विश्वासलाई उद्यमशीलतासँग चित्रण गरी प्रस्तुत गरेको कम्पनीको दावी छ ।
अग्नि ग्रुप अटोमोबाइल्स, स्पेयर र सेवाहरूको प्रमुख बिक्रेता हो । यो स्केल र क्षमतामा अतुलनीय छ र देशभर ८० भन्दा बढी डिलर र शाखाहरू सम्मिलित नेटवर्क रहेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्