ज्योतिलाइफ र नेपाल मेडिसिटीबीच सेवा सम्झौता «

ज्योतिलाइफ र नेपाल मेडिसिटीबीच सेवा सम्झौता

ग्राहकलाई बिमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै ज्योतिलाइफले भंैसेपाटी, ललितपुरमा अवस्थित नेपाल मेडिसिटी अस्पतालसँग स्वास्थ्य सेवामा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ ।
उक्त सम्झौतापश्चात् ज्योतिलाइफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा सेयरधनीहरूलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरूले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरीय स्वास्थ्य उपचार सेवामा प्राथमिकता तथा भुक्तानी गरिने बिल रकममा विशेष छुट प्राप्त गर्ने जनाएको छ । सम्झौतापत्रमा ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाश विक्रम खत्री र अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्