सानिमा बैंकको चार नयाँ शाखा «

सानिमा बैंकको चार नयाँ शाखा

सानिमा बैंकले आइतबार पोखराको अमरसिंह, बगर र बिरौटासाथै सोमबार दाङको तुलसीपुर गरी ४ वटा नयाँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ सेवा थप बिस्तार गरेको छ ।
पोखराको शाखा कार्यालयहरू उद्घाटन् सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रूपमा भयो भने दाङको तुलसीपुर शाखा कार्यालय उद्घाटन् सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा वरिष्ठ कलाकार हरिवंश आचार्यद्वारा संयुक्त रूपमा भएको बैंकले जनाएको छ । समुद्घाटन समारोहमा सानिमा बैंकका अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्