शून्य समयमा मूल्यवृद्धिदेखि मलसम्मका चर्चा «

शून्य समयमा मूल्यवृद्धिदेखि मलसम्मका चर्चा

sf7df8f}F, ( c;f/M k|ltlglw;ef a}7s k|ltlglw;efsf] laxLaf/ a;]sf] a}7sdf ;xefuL . tl:a/M /Tg >]i7÷/f;;

प्रतिनिधिसभाका सांसदहरुले इन्धनमा भएको मूल्यवृद्धि लगायत विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको बैठकको शून्य समयमा सांसदहरुले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेकपा (एकीकृत समाजवादी)की सांसद समीना हुसेनले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराइन् । सांसद हुसेनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण श्रमिक र निम्न आय भएकाहरुले चुल्हो बाल्न नसक्ने अवस्था भएको बताइन् । उनले यस्तो स्थितिलाई ध्यान दिँदै पेट्रोलियम पदार्थको मूल्य छिटोभन्दा छिटो घटाउन सरकारको ध्यानाकर्षण गराइन् ।
नेकपा (एकीकृत समाजवादी)कै सांसद लक्ष्मीकुमारी चौधरीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्ने बताइन् । उनले नागरिकता विधेयक र संघीय निजामती ऐन छिटो ल्याउन सरकारको ध्यानाकर्षण गराइन् ।
नेकपा (एमाले)का सांसद लालप्रसाद साँवा लिम्बुले विद्यालयहरुमा आजसम्म पाठ्यपुस्तक पुग्न नसकेको बताए । उनले प्रथम त्रैमासिक परिक्षा आइसक्दा पनि पाठ्यपुस्तक नपाइएको बताए । उनले लाखौ विद्यार्थीहरुको भविष्य अन्यौलमा नपार्न सरकारलाई आग्रह गरे ।
नेकपा(एमाले)कै सांसद लालबाबु पण्डितले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गरि नागरिकताको वितरण गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । उनले सरकारले संघीय निजामती विधेयक फिर्ता गरेर संघीयताको मर्म र प्रशासनलाई तहशनहश बनाएको आरोप लगाए । उनले संघीय निजामती विधेयकलाई पनि संसदमा ल्याई पारित गर्न सरकारको ध्यानाकर्षण गराए ।
नेकपा(एमाले)की सांसद बिमला विश्वकर्माले स्टाफ नर्स र अनमी कोर्ष पढेका विद्यार्थीहरुलाई एउटै दर्जामा राखि सेवा, सुविधा दिनेगरी नीतिगत व्यवस्था मिलाउन सरकारसँग माग गरिन् ।
नेकपा(माओवादी केन्द्र)की सांसद सत्या पहाडीले जाजरकोट, धादिङ र बझाङ जिल्लाका ३ वटा स्थानीय तहमा बैंकका शाखा नपुग्दा सामाजिक सुरक्षा भत्ता रोकिएको बताइन् । उनले सो स्थानमा सामाजिक सुरक्षा भत्ता पु¥याउन सरकारसँग माग गरिन् ।
नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले थारु क्लष्टरलाई समेटेर निजामती सेवा ऐन पारित गर्न माग गरे । उनले टिकापुर घटना विशेष प्रकृतिको राजनीतिक घटना भएको उल्लेख गर्दै सो घटनामा थारुहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्न सरकारसँग माग गरिन् ।
नेपाली कांग्रेसका सांसद सत्य नारायण शर्मा खनालले विदेशी मुलुकबाट नेपालमा मंकिपक्स भाइरस आउने खतरा रहेको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले यस विषयमा अध्ययन र तयारी गर्नुपर्ने बताए । उनले खेत रोप्ने बेलामा किसानले मल नपाएर हाहाकार भएको भन्दै तुरुन्त मलको व्यवस्था गर्न सरकारसँग माग गरे ।

काठमाडौँ, ९ असारः प्रतिनिधिसभा बैठक प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सहभागी । तस्बिरः रत्न श्रेष्ठ/रासस

बक्स
गाँजा खेतीसम्बन्धी विधेयकमा छलफल गर्न माग
प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई नियम तथा व्यवस्थापन गर्न बनेको विधेयक तत्काल छलफलमा ल्याउन माग गरेका छन् ।
उनले ०७६ फागुन १० गते उक्त विधेयक सदनमा दर्ता गराएका थिए । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा उनले दर्ता विधेयकको कपी चार दिनभित्र सांसदहरूलाई दिनुपर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वनय हुन नसकेको भन्दै सभामुखको ध्यानाकर्षण गराए ।
विधेयक दर्ता भएको दुई वर्ष पाँच महिना १६ दिन बितिसकेको उल्लेख गर्दै उनले छलफलमा नल्याएर जनप्रतिनिधिको अधिकार हनन गरिएको बताए । उनले गाँजा औषधिजन्य वनस्पति भएको प्रमाणित भइसकेको र एचआइभी, क्यान्सरलगायत धेरै रोगको पीडा कम गर्ने औषधि हुनसक्ने भएकाले गाँजा खेतीलाई वैधानिक बनाउनेतर्फ अघि बढ्न आग्रह गरे ।
उनले सांसदले उठाएका र समितिले दिएका निर्देशन आठ प्रतिशतभन्दा बढी कार्यान्वयन नदेखिएको भन्दै सांसदले उठाएका विषय संसद्ले कति कार्यान्वनय ग¥यो भनी प्रश्न गरे । सांसद तामाङले मुलुकका रोजगारीको सिर्जना हुन नसकिरहेको अवस्थामा नेपाली युवा आकाशबाट जाने र बाकसमा आउने दर्दनाक अवस्था रहेको दुःखेसो पोखे । यस अवस्थामा उक्त विधेयक पारित भए युवाले रोजगारी पाउने विश्वास उनले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्