एनआईसी एसिया बैंकको सञ्चालन मुनाफामा २५%वृद्धि «
Logo

एनआईसी एसिया बैंकको सञ्चालन मुनाफामा २५%वृद्धि

एनआईसी एसिया बैंकले चालू आव ०७/७५ को दोस्रो त्रैमासिकमा सम्भावित नोक्सानी अघिको सञ्चालन मुनाफामा २५ प्रतिशतको वृद्धि हासिल गरेको जनाएको छ । बैंकले गत वर्षको सोही अवधिको ०.८९ अर्ब रुपैयाँ मुनाफाको तुलनामा चालू वर्ष १.१२ अर्ब रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । सञ्चालन मुनाफाले उक्त संस्थाले आफ्नो मुख्य सञ्चालन कारोबारमार्फत आर्जन गरेको मुनाफा तथा उक्त मुनाफाको स्वस्थ वृद्धिले संस्थाको दीर्घकालीनात्मक सञ्चालनको प्रत्याभूति प्रतिबिम्बित गर्ने पनि बैंकको दाबी छ ।
साधारणतया, कर्जा नोक्सानी व्यवस्थामा हुने घटबढ तथा उक्त व्यवस्थाबाट फिर्ताले बैंकको खुद मुनाफामा उल्लेख्य प्रभाव पार्ने गर्छ । गत वर्षको सोही अवधिमा कर्जा नोक्सानी व्यवस्थाबाट उल्लेख्य फिर्ता ३२.८३ करोड रुपैयाँ भएको हुनाले ७२.१४ करोड खुद मुनाफा भएकोमा चालू आवको दोस्रो त्रैमासिकमा बैंकले ५७.१७ करोड खुद मुनाफा आर्जन गर्ने सफल भएको छ । चालू आवमा बैंकको सञ्चालन मुनाफामा भएको स्वस्थ वृद्धि तथा कर्जामा उल्लेख्य वृद्धिका कारणले असल कर्जाको कर्जा नोक्सानी व्यवस्थामा ३६ करोड रुपैयाँको वृद्धिका बाबजुद पनि बंैकले दोस्रो त्रैमासिकमा आर्जन गरेको खुद मुनाफा उत्साहजनक छ ।

 

प्रतिक्रिया दिनुहोस्