स्टार्टअपमा निजी क्षेत्रको लगानी «

स्टार्टअपमा निजी क्षेत्रको लगानी

युवा उद्यमीमा लगानी गर्न निजी क्षेत्र अगाडि सरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघले युवा उद्यमीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सुरु गरेका छन् ।
परिसंघअन्तर्गतको युवा उद्यमी मञ्चले शनिबार नेपाल स्टार्टअप फेष्ट (नवप्रवर्तन)–२०२२को आयोजना गर्दैछ भने महासंघले आफूले अगाडि सारेको ५० बिजनेस तथा ५० लगानीकर्ता कार्यक्रम अन्तर्गत सम्भावित लगानीकर्ताहरूसमक्ष २० युवा उद्यमीले आफ्नो नवीनतम उद्यमको बारेमा प्रस्तुति बिहीबारदेखि सुरु गरेको छ ।
मुलुकभित्र नवीनत सोच भएका नवप्रवर्तक स्टार्टअपलाई सम्भावित लगानीकर्ता जुटाइदिने उद्देश्य अनुरूप महासंघले कार्यक्रम सुरु गरेको जनाएको छ । कार्यक्रममा महासंघका करिब २५ जना सम्भावित लगानीकर्ता उत्साहपूर्वक सहभागी थिए । प्रस्तुुत योजनामा लगानीकर्ताले रूची देखाएमा महासंघको स्टार्टअप एन्ड इनोभेसन समितिले दुवै पक्षबीच सहजीकरण गर्नेछ ।
भारतमा आगामी अर्बपतिहरु स्टार्टअपबाटै निस्कने आकलन भइरहँदा नेपालमा पनि स्टार्टअपको लहर आउनु राम्रो भएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले पिचिङ सेसनको औपचारिक शुुभारम्भ गर्र्दै महासंघले नवीनत सोच भएका र लगानीको अभावमा आफूलाई विस्तार गर्न नसकेका स्टार्टअपहरूलाई लगानी जुटाउन सहयोग पुुु¥याउने विश्वास प्रकट गरे ।
यस्तै, महासंघका स्टार्टअप एन्ड इनोभेसन समितिका सभापति रञ्जितराज आचार्यले महासंघको यो प्रयासले मुलुकभित्र स्टार्टअप व्यवसायमा नयाँ आयाम थप्ने विश्वास प्रकट गरे । यसैगरी स्टार्टअपको प्रवद्र्धन गर्न नेपाली युवा उद्यमी मञ्चले सोल्टी होटलमा नेपाल स्टार्टअप फेष्ट २०२२ आयोजना गर्न लागेको हो । नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन नवप्रवर्तनकारीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको परिसंघअन्तर्गतको युवा उद्यमी मञ्चले जनाएको छ । स्टार्टअपलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गर्दै आएको भए पनि त्यसको सफल कार्यान्वयन हुन नसकेको बेला निजी क्षेत्र आफैं रचनात्मक भूमिकामा अगाडि सर्नु राम्रो भएको नेपाल उद्योग परिसंघ स्टार्टअप अभियान समिति समाभापति आयूषी केसीले बताइन् ।
व्यवसायका स्वरुपहरु परिवर्तन भइरहेको र नयाँ क्षेत्रहरुमा काम गर्ने सम्भावना देशमा रहेको हुँदा त्यसलाई प्रोत्साहन गर्ने अभियान रहेको तथा व्यवसायीका योजना भएर पनि पुँजी अभाव भएका स्टार्टअप, पँुजी भएर व्यावसायिक योजना नभएका र मेन्टरसिप टिमको अभाव रहेका स्टार्टअपलाई फेष्ट लाभकारी हुने उनको भनाइ छ । बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाल स्टार्टअप फेष्ट–२०२२ मा उत्कृष्ट १० वटा स्टार्टअपले पिच गर्ने र उनीहरुको लगानीको आवश्यकताका आधारमा लगानी घोषणा गर्ने कार्ययोजना रहेको स्टार्टअप फेष्ट गतिविधि संयोजक मनिष श्रेष्ठले बताए । उनले भने, “व्यावसायिक योजनाको आधारमा लगानी प्रस्ताव हुनेछ ।”

स्टार्टअपहरुलाई लगानीका लागि आवेदन पेश गर्न २७ जेठसम्मको समय तोकिएकोमा देशभरबाट ३ सयभन्दा बढी परियोजना प्रस्ताव आएको उनले जनाकारी दिए । त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० वटा प्रस्तावलाई प्रस्तुति गर्ने अवसर दिइने तथा पुँजी लगानीको अवसर पनि प्रदान गरिने आयाृजकको भनाइ छ ।
राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा स्टार्टअप फेस्ट २०२२ आयोजना हुन लागेको हो ।
यता बिहीबारबाट सुरु भएको नेपाल उद्योग वाणिज्य महासंघको नवीनतम उद्यमको बारेमा प्रस्तुतिमा महासंघ आफंैले आवेदन मार्फत छनौट गरेका र महासंघको सहकार्यमा व्यावसायिक संघसंस्थाले विभिन्न समयमा गरेका स्टार्टअपसँग सम्बन्धित कार्यक्रममा उत्कृष्ट ठहरिएका स्टार्टअपहरूले पिचिङ सेसनमा भाग लिएका थिए ।
पिचिङ सेसनमा कृषि, उत्पादनमूलक, खानपिन, सूचना प्रविधि, सेवासँग सम्बन्धित बिजनेस योजना प्रस्तुुत भएका थिए । महासंघको स्टार्टअप एण्ड इनोभेसन समितिले गत वर्ष ९ चैतमा ५० बिजनेस तथा ५० लगानीकर्ता कार्यक्रमको घोषणा गरेको थियो ।
बिहीबार आयोजित पिचिङ सेसनमा आमा एग्रो प्रालि, रासन टेक प्रालि, नेपाल एग्रो इन्पुट्स मार्केटिङ एण्ड इन्टरप्रेनरशिप सर्भिस (नेम्स), अन्सु टेक्नोलोजी प्रालि, लुक्ला आउटडोर, पिक एन्ड ड्रप, एक कल होम सोलुसन्स, वेदा, अर्वान्स नेपाल, खानपिन, स्वीट फिक्स, बिहे नेपाल, सारङ, कारखाना, ग्लोकल एकेडेमी अफ स्कील, ह्यापी माइन्ड्स, टेका, बोआफ्रेस, ज्वाला कृषि तथा पशुपालन उद्योग, निन्जा इन्फोसिस छन् ।
महासंघले पहिलो पटक स्टार्टअप एन्ड इनोभेसन समिति नै गठन गरी यो क्षेत्रको प्रवद्र्धनमा काम गर्दै आएको छ । महासंघले अगाडि सारेको भिजन पेपरले पनि स्पार्टअप व्यवसायलाई मुख्य प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्